सोलुखुम्बुका स्थानीय तहलाई पौने २ अर्ब

शिखर जंग श्रेष्ठ
सोलुखुम्बु, जेठ २२

आर्थिक बर्ष २०७६–७७ का लागि सोलुखुम्बुका स्थानीय तहले पौने २ अर्ब बजेट पाउने भएका छन् । सरकारले गएको जेठ १५ गते सार्वजनिक गरेको बजेट भाषण अनुसार एक नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाले एक अर्ब ७५ करोड ६५ लाख बजेट अनुदान पाउने भएका हुन् ।

सबैभन्दा बढि सोलुदुधकुण्ड नगरपालिकाले २० करोड १५ लाख सर्सत अनुदान र १३ करोड ३८ लाख वित्तीय समानिकरण गरि ३३ करोड ५३ लाख बजेट अनुदानको रुपमा पाउने भएको छ ।

७ गाउँपालिकामध्ये नेचासल्यान गाउँपालिकाले सबैभन्दा बढि बजेट पाउने भएको छ । गाउँपालिकाले ११ करोड ५१ लाख वित्तीय समानिकरण र १८ करोड ६५ लाख सर्सत अनुदान गरि ३० करोड १६ लाख बजेट अनुदान पाउने भएको छ ।

आगामी आर्थिक बर्षमा थुलुङदुधकोशी गाउँपालिकाले २९ करोड १६ लाख अनुदान बजेट पाउने भएको छ । गाउँपालिकाले वित्तीय समानिकरण तर्फ १२ करोड ६० लाख र सर्सत अनुदान तर्फ १७ करोड ३० लाख बजेट पाउनेछ ।

माप्य दुधकोशी गाउँपालिकाले १० करोड १० लाख वित्तीय समानिकरण तर्फ र १० करोड ५३ लाख सर्सत अनुदान तर्फ गरि २० करोड ६३ लाख बजेट पाउने भएको छ भने महाकुलुङ गाउँपालिकाले १६ करोड ३२ लाख अनुदान बजेट पाउने भएको छ । सो गाउँपालिकाले ९ करोड ६ लाख वित्तीय समानिकरण र ७ करोड २६ लाख सर्सत अनुदान प्राप्त हुने भएको हो ।

पर्यटकीय गाउँपालिका खुम्बुपासाङल्हामूले ८ करोड २७ लाख वित्तीय समानिकरण र ७ करोड ३२ लाख सर्सत गरि १५ करोड ५९ लाख अनुदान पाउने भएको छ । जिल्लाको तल्लो भेगमा अवस्थित सोताङ गाउँपालिकाले ८ करोड एक लाख वित्तीय समानिकरण र ७ करोड ९५ लाख सर्सत अनुदान गरि १५ करोड ९६ लाख अनुदान पाउने भएको हो ।

जिल्लाको डाँडापारिको गाउँपालिका लिखुपिकेले सबैभन्दा कम १३ करोड ५६ लाख अनुदान बजेट पाउने भएको छ । सो गाउँपालिकाले ६ करोड ८० लाख वित्तीय समानिकरण र ६ करोड ७६ लाख सर्सत अनुदान पाउने भएको हो ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु