सोलुखुम्बुका स्थानिय तहको आम्दानी घट्यो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असार ३१

सोलुखुम्बुका ७ स्थानिय तहको आन्तरिक आय घटेको छ । आठ स्थानिय तह रहेको सोलुखुम्बुमा सोताङ गाउँपालिका बाहेकका स्थानिय तहले लक्ष्य अनुसारको आम्दानी गर्न नसकेका हुन् । गत चैत्र महिनादेखि लकडाउन गरेका कारण स्थानिय तहको आम्दानी घटेको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले २० करोड आम्दानी गर्ने लक्ष्य लिएको भएपनि ५ करोडको हाराहारीमा मात्रै आम्दानी गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले बताए ।

विदेशी पर्यटकबाट प्रति पर्यटक २ हजार रुपैया शुल्क लिदै आएको गाउँपालिकाकोे यो वर्ष पर्यटन क्षेत्र प्रभावित बनेपछि आम्दानी घटेको हो । त्यस्तै, १ करोड भन्दा बढि आम्दानी गर्ने लक्ष्य लिएको जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले करिब ५० लाख मात्रै राजस्व संकलन गरेको प्रमुख प्रशासकियअधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिए ।

थुलुङ दुधकोशी गाउँपालिकाले पनि लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अविलाल राईले बताए । १ करोड ५८ लाख ५० हजारको लक्ष्य लिएको भएपनि ६३ लाख ९४ हजार ८४५ रुपैयाँ ८५ पैसा राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

३० लाखको राजश्व संकलन गर्ने लक्ष्य लिएको नेचासल्यान गाउँपालिकाले १२ लाख बढि राजस्व संकलन गरेको अध्यक्ष डुफकुमार बास्तोलाले बताए । लिखुपिके गाउँपालिकाले ७० लाख आम्दानी गर्ने लक्ष्य लिएको भएपनि ६ लाख ३० हजार मात्रै आम्दानी गरेको सह–लेखापाल भोला बस्नेतले जानकारी दिए ।

माप्य दुधकोशी गाउँपालिकाले १५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ६ लाख ३६ हजार मात्रै राजस्व संकलन भएको छ । १२ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको महाकुलुङ गाउँपालिकाले ६ लाखको पेरिफेरीमा राजस्व संकलन गरेको एक कर्मचारीले बताए ।

जिल्लाको सोताङ गाउँपालिकाले मात्र लक्ष्य भन्दा बढि आम्दानी गरेको छ । १४ लाख रुपैयाँ लक्ष्य राखेको गाउँपालिकाले २० लाख रुपैयाँ राजस्व संकलन गरेको गाउँपालिकाले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!