सोलुखुम्बुका मनमोहक दृष्य ‘यात्रा’मा हेर्न पाईने

सोलुखुम्बु । केशव भट्टराईको निर्माण तथा सम्राट शाक्यको निर्देशनमा फिल्म ‘यात्रा’ सोलुखुम्बुको विभिन्न स्थानमा छाँयांकन भईरहेको छ ।

गत वैशाख २५ बाट सुटिङ फ्लोरमा आएको फिल्मको टिम सोलुखुम्बुका विभिन्न स्थानमा छाँयांकनका लागि व्यस्त देखिएको छ । आईतबार पत्ताले क्षेत्रमा छायँंकन गरेको फिल्मको विभिन्न दृष्य सोमबार सल्लेरी र फाप्लु आसपासमा भईरहेको निर्माता केशव भट्टराईले जानकारी दिए ।

फिल्ममा सलिनमान बानियाँ, सलोन बस्नेत, जान्हवी बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा विशाल कटवाल, रेअर राई, प्रेक्षा वज्राचार्य, समृद्धि राई, योगेशजंग कुँवर, विशाल पहाडी लगायतले अभिनय गर्दै छन् । फिल्ममा मल्लिका महतले डेब्यु गर्दै छिन् भने चिनियाँ कलाकार काजुन झाङ र केन्याका बबीले पनि अभिनय गर्नेछन् ।

कोटकी कालिका देवी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने प्रेमकथाको फिल्ममा केशवसँगै मुक्ति तिम्सिना, शुशिल पोखरेल र धर्मराज अधिकारी निर्माता रहेका छन् । डेब्यु निर्देशक सम्राटकै कथा रहेको फिल्ममा शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन रहनेछ ।

फिल्मको अधिकांश दृष्य सोलुखुम्बुमा खिचिनेछ । फिल्ममा समाबेश एक गीतको छायाँकन काठमाण्डौ–सोलुखुम्बु बीचको विभिन्न स्थानमा गरेको निर्माण टिमले एउटा लोक गीतको छायाँकन सल्लेरी हाटबजारमा गर्ने तयारी गरेका छन् । पिल्मका केहि दृष्य सोलुखुम्बुको जुनबेशीमा समेत गर्ने निर्माता भट्टराईले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु