सोलुखुम्बुका पछिल्लो २ कोरोना संक्रमितको ठेगाना खुल्यो

सोलुखुम्बु, साउन १३


गत साउन ११ गते कोरोना संक्रमित पुष्टि भएका सोलुखुम्बुका २ व्यक्तिको ठेगाना पहिचान भएको छ । तत्कालिन अवस्थामा रिर्पोट प्राप्तीमा भएको ढिलाइका कारण अन्यौल रुपमा रहेको संक्रमितको ठेगाना मंगलबार आज खुलेको हो ।


स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु र वडा नं ११ तिङलाका पुरुषमा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । दुवै पुरुष साउदीबाट असार १ गते नेपाल फर्केका थिए । उनीहरु असार ४ देखि जिल्ला अस्पतालको क्वारेन्टीनमा बसिरहेका छन् । तिङलाका पुरुषलाई साउदीमा पनि कोरोना संक्रमणपछि निको भएको र उनीमा पुनःकोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । क्वारेन्टीन स्थलबाट संक्रमितलाई अन्यत्र नसारिएको गुनासो आएपछि खोजी गर्दा संक्रमित भनिएका व्यक्तिको रिर्पोट अनुसार असार १० गते नै उनीहरुको पिसिआर परीक्षण भएको थियो । रिर्पोट प्रदेश पुगेकाले तत्काल पहिचानमा समस्या भएको बताईएको छ । यसअघि जिल्ला अस्पतालका डाक्टरको मोबाईलमा हरेकको यूजर नेम र पासवर्ड आउने भएपनि यो पटक सम्बन्धित व्यक्तिको मोबाईलमा यूजर नेम र पासवर्ड पठाएकाले पनि तत्काल पहिचानमा समस्या भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताईन् ।

सोलुदुधकुण्ड नगरपालिका क्षेत्रबाट स्वाब संकलन गरि पठाइएका १० जनाको रिर्पोट आउदा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । अन्य ९ जनाको रिर्पोट प्राप्त हुन बाँकी रहेको छ । उता, थुलुङ दुधकोशी गाउँपालिकामा साउदीबाट आएका दुइ जनामा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन गरिएको ३५ जनाकै रिर्पोट यसअघि नै नेगेटिभ आइसकेको छ ।


२ जना संक्रमित थपिएसंगै जिल्लाका कोरोना संक्रमितको संख्या ८ पुगेको छ । यसअघि संक्रमित पुष्टि भएका ४ जनाको धरानमा उपचार भइरहेको छ भने अघिल्ला दुइ संक्रमितले कोरोना जितेर घर फर्केका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!