सोलुखुम्बुका चार कोरोना संक्रमित डिस्चार्ज

सोलुखुम्बु, साउन १९


सोलुखुम्बुका चार कोरोना संक्रमित डिस्चार्ज भएका छन् । साउन ५ गते कोरोना पुष्टि भएका चार पुरुष उपचारपछि निको भएका हुन् ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका २६ बर्षिय र वडा नं ८ केङका ३० बर्षिय, थुलुङ दुधकोशी गाउँपालिका ५ का ३२ बर्षिय र वडा नं ७ का ३४ बर्षिय पुरुष पुर्वाञ्चल विश्व विद्यालय मोरङमा उपचारपछि निको भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनीहरुमा पछिल्लो पटक गरिएको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएका कारण डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुको भनाई छ ।

डिस्चार्जमध्ये ३ जना जिल्ला फर्किसकेका छन् भने एक जनालाई यातायात समस्याका कारण ल्याउन सकिएको छैन । उनलाई पनि ल्याउने पहल भईरहेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!