सोलुखुम्बुका कैलाश कार्की कमेडी च्याम्पियनको उत्कृष्ट १५ मा

सोलुखुम्बु ।

कान्तिपुर टेलिभिजनमार्फत प्रसारण भईरहेको नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा सोलुखुम्बुका कैलाश कार्कीले आकर्षक प्रस्तुतीका कारण दर्शकको मन जित्दै अघि बढेका छन् ।

मुलुकभरमा भएको छनौटबाट १०५ बाट उत्कृष्ट २४ हुदै उत्कृष्ट १५ मा समाबेश हुन सफल कार्की उत्कृष्ट १० मा पुग्ने दाउमा छन् । आगामी हप्ता देखि उत्कृष्ट १५ मा समाबेश प्रतिस्प्रर्धीको प्रस्तुतीबाट दर्शकको भोटको आधारमा उत्कृष्ट १० प्रतिस्प्रर्धी छनौट गरिनेछ ।

राजधानीमा पत्रकारितामा स्नातक अध्ययनरत कार्की सोलुदुधकुण्ड नगरपालिका ११ तिङला राम्पायमा जन्मेका हुन् । स्टान्डप कमेडीबाट आफ्नो करियर बनाउने लक्ष्य लिएका कार्की च्याम्पियन बन्ने दाउमा छन् । उनले भने, ‘खासगरि कमेडी च्याम्पियनले मन तान्यो, सक्दो कोशिस गरिरहेको छु । जर्जको सुझाव र दर्शकको मायाले ऊर्जा थपिएको छ । कमेडीमै भविष्य देख्न थालेको छु ।’

कमेडी च्याम्पियन

कैलाश कार्की सोलुखुम्बुमा जन्मेका हुन् । सायरी कमेडीबाट अघि बढेका कार्की कान्तिपुर टिभीबाट प्रसारण भईरहेको कमेडी च्याम्पियनमा Top 15 मा छनौट भएका छन् ।यो भिडियो हेरेर, पेजलाई लाईक गरि सेयर गर्न नभुल्नुहोला ।

Posted by Sumerunews on Thursday, December 5, 2019

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!