सोलुखुम्बुका कृषकहरु अलैचि पाकेसँगै टिप्नमा व्यस्त

राधा ढुंगाना
सोलुखुम्बु, २२ असोज
सोलुखुम्बुका कृषकहरु अलैचि पाकेसँगै टिप्नमा व्यस्त बनेका छन् । असोज सुरु भएपछि कृषकहरु अलैचि भित्राउनमा व्यवस्त बनेका हुन् । यो वर्ष अलैचि उत्पादनमा बृद्धि भएपछि लिखुपिके र माहाकुलुङ गाउँपालीकाका विभिन्न क्षेत्रका कृषकहरु उत्साहका साथ बाली भित्राउमा लागी परेका स्थानीयले बताएका छन् । अधिकांस कृषकहरु यतिबेला अलैचि टिप्नमा व्यस्त बनेका छन् भने असोजको मसान्तसँम्ममा अलैचि भित्राईसक्ने छन् । अहिले ५० प्रतिशत भन्दा बढि कृषकहरुले अलैचि भित्राईसकेका छन् । अघिल्लो वर्ष भन्दा यो वर्ष उत्पादनमा बृद्धि भएकाले कृषकहरु हौसिएका छ्न् । तर बिक्रिका लागी बजार मुल्य नपाउने कृषकहरुमा चिन्ता छ ।
यसैबिच,
अलैचीको मुल्यमा गिरावट आएको बेला सोलुखुम्बुमा अलैची खेतिको क्षेत्र बृद्धि गरिएको छ । जिल्लामा केहि बर्षयता अलैचीको व्यवसायीक खेति गर्ने कृषकहरुको संख्यामा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अलैचीको मुल्य उच्च भएको चाल पाएका कृषकले आम्दानीको आशाले व्यवसायीक खेतिमा लागेको कार्यालयको अनुमान रहेको छ । हाल, जिल्लाको लिखुपिके गाउँपलिका र महाकुलुङ गाउँपालिका क्षेत्रमा २ सय २२ हेक्टरमा अलैचीको खेति गरिदै आईएको छ । अलैची उत्पादक कृषकहरुले उचित मुल्य नपाएको गुनासो गर्दै आएका बेला वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले उत्पादन बृद्धि संगै मुख्यमा गिरावट आउनु सामान्य भएको बताउनुभयो ।

हिमाल एफ एमसंग कुराकानी गर्दै वरिष्ठ कृषि विकास अधिकृत भण्डारीले आम्दानीको आशाले उत्पादनमा खटेका कृषकले आशातित मुल्य नपाएपछि निराशा आउनु स्वभाविक बताउनुभयो । उहाँले अलैची उत्पादकहरुलाई लगानी सुरक्षाका लागि सरकारले न्यूनतम समर्थन मुल्य निर्धारण गर्न नसक्नु र अलैची विचौलिया व्यापारीहरुको कारणले पनि अलैची कृषकहरु मारमा परेको बताउनुभयो । साथै अधिकृत भण्डारीले स्थानीय तहले पनि न्यूनतम समर्थन मुल्य निर्धारण गर्न सक्ने र कृषकवाट पनि व्यवसायीक कर असुल्न समेत सक्ने बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु