सोलुखुम्बुको चौलाखर्कमा २५ बेडको क्वारेन्टाइन निर्माणको तयारी

सोलुखुम्बु, चैत्र १६


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन रामेछाप र सोलुखुम्बुको सीमाना लिखुखोलामा हेल्थ डेक्स सञ्चालन गरिएको छ ।


रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सिमानामा रहेको लिखु खोलामा निर्माणधिणेन लिखु जलविद्युत आयोजनमा भारतीय नागरिकहरुको आवतजावत हुने भएकाले हेल्थ डेक्स सञ्चालनमा ल्याइएको हो ।


लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेतले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सुरक्षा शर्तकता अपनाइएको बताउनुभयो । सरकारले लकडाउनको घोषणा गरेसँगै जलविद्युतको काम पनि रोकिएको छ ।


उक्त सीमाबाट आवत जावत गर्ने व्यक्तिहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइने गरेको छ । सीमा नाकामा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपीइ नहुदा पनि आवत जावत गर्ने व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र भण्डारीले हिमाल एफ.एमलाई जानकारी दिए । उनका अनुसार शनिवार मात्र ३७९ जनाले स्वास्थ्य जाँज गरिएको छ ।

त्यसैगरि गाउँपालिका अध्यक्ष बस्नेतले हिमगंगा मावि चौलाखर्कमा २५ बेडकोे क्वारेन्टाइन तयार पार्ने काममा लागेको बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!