सोलुको नेचासल्यान गाउँपालिकामा एमालेका बास्तोला विजयी

विक्रम श्रेष्ठ/शिखर गजरकोटे,
सोलुखुम्बु, १८ असार

नेचा सल्यान गाउँपालिकामा एमाले उम्मेद्धार डुफ कुमार बास्तोला बिजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मतगणना अनुसार अध्यक्षमा बास्तोलाले १६९८ मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाँको प्रतिद्धन्दी काँग्रेसका उम्मेद्धार धनजन राइले १६५६ मत ल्याएर पराजीत हुनुभएको छ । ३३ मत अन्तरले डुफ कुमार बास्तोला बिजयी हुनुभएको हो ।

उपप्रमुखमा भने काग्रेसकी कुमारी देबी शर्मा बिजयी हुनुभएको छ । उहाँले २००२ मत ल्याउनुभएको छ । एमालेकी उमेदवार अमृत कुमारी राइलाइ १५८१ मत ल्याउनुभएको थियो । यो सोलुखुम्बुमा एमालेको चौथो जित हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु