सोलुको दुधकौशीकामा माओबादी केन्द्रका असिम राई विजयी

शिखर गजरकोटे,
सोलुखुम्बु, १८ असार

सोलुखुम्बुको दुधकौशीका गाउँपालिकामा माओबादी केन्द्रका असिम राई विजयी भएका छन् । राईले २५२४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुत्तराज बस्नेतले २३२४ मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा भने कांग्रेसकी सविता राई विजयी भएकी छिन् । उनले २५८० मत ल्याउदा उनका प्रतिद्धन्द्धी माओबादीकी मेनुका पुरीले २२६९ मत ल्याएकी छिन् । नेकपा एमालेका श्याम कुमार राईले १८७१ मत ल्याएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु