सोलुको अग्रज पत्रकारको रुपमा क्याम्पस प्रमुख शर्मा सम्मानित

सोलुखुम्बु, माघ २७

सोलुखुम्बुका पुराना पत्रकार उद्धव कुमार शर्मा सम्मानित भएका छन् । नेपाल प्रेस यूनियन सोलुखुम्बुको तेस्रो जिल्ला अबिधेशनको अबसरमा सोलुखुम्बु बहुमूखि क्याम्पसका प्रमुख शर्मालाई पत्रकारितामार्फत जिल्लाको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

शर्माले वि.स.२०४८ देखि २०५२ सालसम्म राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध भएर काम गरेका थिए । आकाशबाणी (आवा) सेवा हुदा राससबाट नियुक्ती लिएर पत्रकारिता गरेका थिए । शर्मालाई सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले सम्मानपत्र हस्तान्तरण र खादा ओडाएर सम्मान गरेका हुन् ।

सम्मान ग्रहणपछि पुराना पत्रकार शर्माले सम्मानले पुराना दिनलाई सम्झने मौका दिलाएको बताए । निष्पक्ष र तथ्यपरक पत्रकारिता आजको आवश्यकता भएको भन्दै उनले विकास लक्षित पत्रकारिता गर्न आग्रह गरे ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!