सोलुका ४ वडामा काँग्रेस विजयी

शिखर गजरकोटे,
सोलुखुम्बु, १५ असार

सोलुखुम्बुका ३ वडामा काँग्रेसले जित हासिल गरेको छ । गतगणना सकिएको लिखुपिके गाउँपालिकाको वडा नं १ र ५ मा काग्रेसको प्यानलै विजयी भएको हो । गाउँपालिका प्रमुख उपप्रमुखमा भने माओबादी केन्द्रका उम्मेद्धारको अग्रता रहेको छ ।

वडा नं १ मा ङवाङ लाक्पा शेर्पा ११९ मत र वडा नं ५ मा ङिमाछिरी लामाले १९९ मत सहित विजयी भएका हुन् ।

उता, सोताङ गाउँपालिका अन्तरगत वडा नं १ मा को प्यानलै विजयी भएका छन् । सो वडामा नेपाली काग्रेसका जंग बहादुर गुरुङ नेतृत्वको प्यानलै विजयी भएका छन् ।

त्यस्तै पछिल्लो जानकारी अनुसार महाकुलुङ गाउँपालिका अन्तरगत वडा न ं ५ मा पनि काग्रेसको प्यानलै विजयी भएको खबर प्राप्त भएको छ । अध्यक्षमा सन्चमान राई विजयी भएका हुन् ।

नेचासल्यान गाउँपालिकामा पनि भर्खर मतगणना शुरु भएको सहकर्मी विना राईले जानकारी दिईन ।
महाकुलुङ र सोताङ गाउँपालिका पनि मतगणना भईरहेको छ । अन्य स्थानीय तहमा दिउँसो १ बजेवाट मात्र मतगणना शुरु हुने जनाईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु