सोलुका शेर्पालाई ५ स्वर्ण

सोलुखुम्बु, बैशाख १३

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा जारी पौडी प्रतियोगितामा नाथनदोर्जे शेर्पाले ५ स्वर्ण जितेका छन् ।

राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागिता जनाएको एनआरएनए टोलीका एक शेर्पाले ५ स्वर्णका साथमा एक रजत र एक कास्य पदक जितेका हुन् ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङका शेर्पा एनआरएनए टोलीबाट प्रतियोगीतामा सहभागी बनेका हुन् ।

पौडीको पहिलो दिन दुई स्वर्ण आफ्नो नाममा लेखाएका शेर्पाले दोस्रो दिन सोमबार अर्को एक स्वर्ण थपेका थिए। उनले सोमबार पुरुष चार सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक हात पारे । निर्धारित दूरी पूरा गर्न शेर्पाले चार मिनेट ३३.०९ सेकेन्ड समय खर्चिए ।

शेर्पाले आइतबार भने पुरुष आठ सय मिटर फ्रिस्टाइल र दुई सय मिटर बटरफ्लार्ईमा आपूmलाई च्याम्पियनको रूपमा उभ्याएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु