सोलुका भुकम्प पिडितलाइ अनुदान सम्झौता सुरु

राधा ढुंगाना
सोलुखुम्बु, २७ चैत्र

सोलुखुम्बुका भुकम्प पिडितहरुको आवास निर्माणका लागि आइतबारबाट अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ । केरुङस्थीत वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि भुकम्प पिडितहरुको अनुदान सम्झौता शुभारम्भ गरिएको छ । माग, फागुन र चैत्र महिनामा गरि भुकम्प पिडितहरुको स्थलगत लगत संकलन सम्पन्न गरिए लगत्तै अनुदान सम्झौता सुरु गरिएको हो ।

Hisilicon K3

आवास पुन निर्माणका लागि पहिलो किस्ता बापत ५० हजार रुपैयाँ भुकम्प पिडितले प्राप्त गर्दछन् । त्यसका लागि पहिलो चरणमा सम्झौता प्रक्रिया आजबाट सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णप्रसाद साप्कोटाले जानकारी दिए ।

तथ्याङक बिभाग मार्फत भुकम्प पछिको पुन निर्माण प्राधिकरणले सोलुखुम्बुमा गरेको लगत संकलनमा अहिले सम्म १७ हजार २ सय ८९ घर आवासन पुन निर्माणका लागि लाभग्रही सुचीमा परेका छन् । खुम्बु क्षेत्रमा लगत संकलन सुरु भएको छैन । जिल्लाका सबै भुकम्प पिडितहरुको सम्झौता गरिसकेपछि मात्रै अनुदान बापतको पहिलो किस्ता ५० हजार रुपैयाँ बैक मार्फत पिडितको हातमा पुग्ने छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु