सोलुका तीन सरकारी कार्यलयका वेभ साईट प्रयोग बिहीन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, साउन २६

सोलुखुम्बुका तीन सरकारी कार्यलयको बेभ साईट प्रयोग विहीन रहेको पाईएको छ ।

दुई वर्ष देखि नापि, मालपोत र शिक्षा विकास तथा समन्वय ईकाईको वेभ साईट अपडेट नगरेको पाईएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई शिक्षाको दुई वर्ष देखि सबै कोलमहरु पुरानै रहेका छन् ।

कार्यालयका नाम समेत पुरानै जिल्ला शिक्षा कार्यलय रहको छ भने शिक्षा विकास तथा समन्वय ईकाईका सुचना, सुझाव ग्यालरी, परिचय पुरानै रहेको छ ।

कार्यलयको वेभ साईटको पासवर्ड नभएकाले सुचना तथा सामाग्री अपडेड नगरेको कार्यलयका प्रमुख खगेन्द्र क्षेष्ठले बताउनुभयो ।

त्यस्तै नापि कार्यलयको पनि बेभसाईट प्रयोग विहीन रहेको पाईएको छ ।

नापि विभागले बेभ साईट अपग्रेड गरिरहेकाले सुचना तथा जनाकारी अपडेट नगरेको कार्यलयले जनाएको छ ।

कार्यलयका निमित्त प्रमुख श्रीकेस कोईरालाका अनुसार नापि विभागले बेभसाईट प्रयोग गर्नका लागि अनुमति दिएपछि चलाउने बताउनुभयो । त्यस्तै मालपोत कार्यलयको वेभ साईटका सबै कोलमहरु खाली रहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु