सोलखुुम्बुमा निर्माणाधिन मुद्धिखर्क–मेरा–खुङमादिङ पदमार्गको काम ७० प्रतिशत सम्पन्न

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असार ७


सोलखुुम्बुमा निर्माणाधिन मुद्धिखर्क–मेरा–खुङमादिङ पदमार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ ।

२०६४ सालदेखि सोलुखुम्बुको छेस्काम बाट निर्माण सुरु गरिएको पर्यटकिय पदमार्गको काम ७० प्रतिशत सम्पन्न भएको हो ।

महाङकुलुङ गाउँपालिका ३ छेस्कामको मुद्धिखर्कदेखि निर्माण सुरु गरिएको पदमार्गको ३० प्रतिशत काम बाँकी रहेको वडाध्यक्ष डेकबहादुर कुलुङले जानकारी दिए ।

फोटो : यात्री कुलुङ

विगतका वर्षहरुमा पर्यटन विभाग, तत्कालीन जिल्ला विकास समिति र साविकको छेस्काम गाविसको लगानिमा सुरु गरिएको पदमार्गको काम अहिले गोपिचौर पुगेको छ ।

बजेट अभावका कारण अहिले काम अगाडि बढ्न नसकेको वडाअध्यक्ष राईले बताए । गत आर्थिक वर्ष २०७५–७६ मा महाकुलुङ गाउँपालिकाको २० लाख, चालु आर्थिक वर्ष २०७६–७७ को प्रदेश सरकारको ५० लाख, केन्द्र सरकारको १७ लाखको लागतमा खुम्बादिङसम्म ४ देखि ५ फिट चौडाई फराकिलो पदमार्ग निर्माण गरिएको हो ।

करिब ४५ किलोमिटरको पदमार्ग निर्माणको ३० प्रतिशत बाँकी रहेकाले यसलाई पुर्णता दिनका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग बजेट मागगर्ने स्थानीय सरकारको तयारी छ । हुंगाखोलामा पुलनिर्माण गर्न बाकी रहेकाले यसमा संघीय सरकारले विशेष पहल गर्नुपर्ने राईको भनाई छ ।

विभिन्न पिक आरोहण हिमश्रृङखलाको अवलोकन गर्दैै खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङसम्म यो पर्यटकिय पदमार्ग मार्फत पुग्न सकिन्छ । खुम्बुमा आएका पर्यटकलाई तल्लो सोलुमा झर्ने वातावरण बनाउन सकिने एभरेष्ट फाउण्डेशनका दिलिप सिं कुलुङले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!