सोलखुम्बुबाट मृतक शिशु सहित ४ जनाको स्वाब पिसिआर परिक्षणका लागि पठाईयो

सोलुखुम्बु, असार १२


सोलुखुम्बुबाट कोरोनाको शंकास्पद लक्षण देखिएका मृतक शिशु सहित ४ जनाको स्वाब पिसिआर परिक्षणका लागि पठाईएको छ ।

नेचासल्यान गाउँपालिका २ सल्यानमा एक १० दिने मृतक शिशु सहितउनका आमा, बाबु र छिमेकी एकजनाको बिहिबार स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाईएको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डाक्टर अभिशेक सुमनले जानकारी दिए ।

बुधबार राति मृत्यु भएको शिशु सहित अन्यमा ज्वरो लगायतका लक्षण देखिएको थियो । अहिले ३ जनालाई होम क्वारेन्टीनमा राखिएको छ । मृतक शिशुको दाहसंस्कार गरिसकिएको छ ।

यसैबीच ,सोही घटनापछि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

स्वाब संकलन गरिएका व्यक्तिको पिसिआर रिपोर्ट नआउञ्जले सम्मका लागि स्वास्थ्य केन्द्रबाट प्रदान हुने अत्यावश्यकिय सेवा बाहेक र अन्य सेवा बन्दगर्ने निर्णय गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!