सोनाक्षीसंग रोमान्स गर्दै रजनीकान्त

हिमाल एफ एम चैत्र २७- बलिउडमा रजनीकान्तसंग काम गर्ने इच्छा धेरै अभिनेत्रीहरुको हुन्छ । तर धेरैका इच्छा अधुरै रहन्छन् । कुनैकुनै भाग्यमानी नायिकाहरुलेमात्र त्यस्तो अवसर पाउँछन् । तर यस पटक भने पछिल्लो समय निकै चर्चामा रहेकी नायिका सोनाक्षी सिन्हाले ६३ बर्षीय बलिउड हस्ती रजनीकान्तसंग रोमान्स गर्ने अवसर पाएकी छन् ।

भारतिय संचार माध्यमहरुका अनुसार रजनीकान्त फिल्ममा सोनाक्षीसंग असहज महसुस गरिरहेका छन् । यसको कारण उनीहरुबिचको उमेरको अन्तर होईन बरु रजनीकान्त र सोनाक्षी सिंहका पिता सत्रुध्न सिंह एक अर्काका असली मित्र हुनु हो । आफ्नै मित्रकी छोरीसंग रोमान्स गर्न असहज महसुस गरिरहेका रजनीकान्तलाई भने चलचित्रका निर्देशक रवि कुमारले दबाब दिएपछि उनी रोमान्सका लागि तयार भएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु