सोताङ स्थित हिमाली छात्रावास जिर्ण, पुर्ननिर्माणमा स्थानिय सरकारले चासो दिएन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, पुष ११

सोलुखुूम्बको सोताङ स्थित एक आवासिय छात्रावास जिर्ण बनेको छ । २०६६ सालमा तत्कालीन शिक्षा विभागबाट निर्माण भएको हिमाली छात्राबास २०७२ सालको विनासकारी भुकम्पले जिर्ण बनेको हो । बिरेन्द्रज्योति माविको स्वामित्वमा रहेको २ तले भवन मर्मत गरि सञ्चालनमा रहेको छ ।

उक्त भवनमा विच्छ्याईएका तथा टेका लगाईएका काठहरु मक्किएका छन् । कोसि पारि क्षेत्रको विद्यार्थिहरुको लागि निर्मित छात्रबास जिर्ण बन्दा पनि स्थानिय सरकारले पुर्ननिर्माणमा चासो देखाएको छैन् । महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, माप्यदुधकोसि गाउँपालिका र थुलुङदुधकोसी गाउँपालिकाका २५ जना विद्यार्थी बस्दै आएका छन् ।

विद्यालयका प्रध्यानाध्यापक महाप्रसाद फुयालका अनुसार ६ कोठे भवनमा २० जना विद्यार्थिहरुको क्षमता भएपनि २५ जना विद्याथिहरुलाई बस्दै आएका छन् । छात्रावासमा शौचालय र खानेपानीको पनि समस्या देखिएको छ । प्रध्यानाध्यापक फुयालले विद्यालयको स्रोत नभएकाले भवन पुनःनिर्माणका लागि सरोकारवालाको ध्यान नपुगेको बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष पृथ्वी थापाले गाउँपालिकामा छात्रावास पुर्ननिर्माणका लागि पटकपटक प्रस्ताव लगेपनि चासो नदिएकाले गैरसरकारी संस्थाहरु गुहार्नुपर्ने अवस्था आएको बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!