सोताङ गाउँपालिका सुकुम्बासी मुक्त

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २९

सोलुखुम्बुको सोताङ गाउँपालिकालाई ‘सुकुम्बासी’ मुक्त घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका भित्रका ७ जना सुकुम्बासी परिवारलाई जग्गापुर्जा वितरण गरेर ‘सुकुम्बासी’ मुक्त गाउँपालिका घोषणा गरिएको हो । सुकुम्बासी परिवारलाई गाउँपालिकाले प्रतिपरिवार ५० हजार बराबरको जग्गा खरिद गरि धनिपुर्जा वितरण गरिएको छ ।

कार्यक्रमको अबसरमा कृषिमा बढवा दिनका लागि व्यवसायीक किवि खेति र बाख्रापालनको उद्घाटन गरिएको छ । एसइइ परिक्षालाई ध्यानमा राख्दै गाउँपालिका भित्रका माध्यमिक विद्यालयहरुमा अग्रेजी, गणित र वित्रान विषयको अतिरिक्ता कक्षा संचालन गर्ने घोषणा गरिएको छ । सो कक्षाको खर्च गाउँपालिकाले व्यहोर्ने छ । कार्यक्रमकै अबसरमा गत बर्ष एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने गाउँपालिकाका छात्र रमेश बस्नेत र छात्रा रविना नाछिरिङलाई २५/२५ हजार नगद सहित सम्मान गरिएको हो ।

गाउँपालिकालाई निशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई पनि सम्मान गरिएको छ । वडा नं ५ गोर्खिमका स्थानीयले गाउँपालिकाको कार्यालय निर्माणका लागि १५ रोपनी जग्गा निशुल्क प्रदान गरेका हुन् । गाउँपालिकाको बार्षिक उत्सबको अबसरमा प्रारम्भिक बाल विकास कक्षामा कार्यरत गाउँपालिका भित्रका शिक्षिकाहरुलाई सरकारले प्रदान गर्दै आएको सुविधामा मासिक एक हजार गाउँपालिले उपलब्ध गराउने घोषणा समेत गरिएको संबाददाता इश्वर विवशले जानकारी दिनुभयो ।

संघीय सांसद हेम कुमार राई ‘सुरवीर’ले सरकारले नेपाल र नेपालीको हितमा काम गरिरहेको दाबी गरे । शनिबार (आज) सोताङ गाउँपालिकालाई सुकुम्बासी मुक्त घोषणा कार्यक्रममा सांसद राईले विपक्षिले सरकार असफल भएको भ्रम फैलाएर पनि सरकार ‘सम्बृद्ध नेपाल, सुखि नेपाली’ नारााई आत्मसाथ गर्दै अघि बढेको दाबी गरे । परिणाम आउन केहि समय लाग्ने भएकाले छोटो समयमा सरकार असफल भएको भन्दै टिप्पणी गर्नु गलत भएको उनको जिकिर छ । सांसद राईले संघीय संरचना लागु भएपछि विकासले तिब्रता लिएको समेत बताए ।
कार्यक्रममा प्रदेश सांसद उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष बीर बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट कृषक, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका, गरिब तथा जेहेन्दार विद्यार्थी र कर्मचारीलाई सम्मान गरिएको छ भने गाउँपालिकाको बार्षिक उत्सबको अबसरमा संचालन गरिएको विविध प्रतियोगीतात्मक खेलका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु