सोताङ गाउँपालिकामा एमाले बिजयी

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, १७ असार

सोलुखुम्बुको सोताङ गाउँपालिकामा एमाले बिजयी भएको अध्यक्षमा एमालेका उमेदवार बीर बहादुर राइ बिजयी हुनुभएको हो भने उप प्रमुखमा पनि एमालेकै उमेदवार लक्ष्मी कार्की बिजयी हुनुभएको छ । आज बिहान भएको अन्तिम मतगणनाको क्रममा अध्यक्षका लागि एमाले उमेदवार बीरबहादुर राइले एक हजार ३ मत ल्याउनुभएको छ । भने उहाँलाइ पछ्याउने क्रममा स्वतन्त्र उमेदवार दिपक खड्काले ८ सय ७१ मत प्राप्त गर्नुभएको थियो । यस्तै नेपाली काग्रेस र माओबादी केन्द्र क्रमश तेस्रो र चौथो स्थानमा सिमित भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु