सोताङ गाउँपालिकाको बार्षिक बजेट २० करोड ६१ लाख

हिमाल एफ एम,
सोलुखुम्बु, ३० असार

सोलुखुम्बुको सोताङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको गाउँसभाले आर्थिक बर्ष २०७५/७६ का लागि २० करोड ६१ लाख ५६ हजारको बजेट पारित गरेको हो ।

गाउँपालिका प्रवक्ता मनसरी राईका अनुसार चालु तर्फ ३ करोड ६२ लाख ९५ हजार, पुजीगत तर्फ १० करोड ११ लाख ६१ हजार र सर्सत तर्फ ६ करोड ८७ लाख बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले पुर्वाधार विकासलाई प्राथमिकता दिदै ४ करोड ४८ हजार ३१ हजार बजेट छुट्याएको छ । गाउँपालिकाले कृषि तथा पशुसेवाका कार्यक्रम संचालनका गर्नका लागि एक करोड ६८ लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै गाउँपालिकाले गरिक संग गाउँपालिका, छात्रवृत्ति कार्यक्रम, अल्लो, नेपाली कागज प्रशोधन केन्द्र, राडिपाखि प्रशोधनलाई विशेष महत्व दिएको गाउँपालिकाले समपुरक कोषमा एक करोड विनियोजन गरेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

सभामा आगामी बर्षको निति तथा कार्यक्रम र बजेट गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्कीले प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष वीर बहादुर राईको अध्यक्षतामा गाउँसभा सम्पन्न गरिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु