सोताङमा अंग्रेजी माध्यमको पढाइले बिद्यार्थीको ओइरो

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, ४ बैशाख

आज भन्दा सात बर्ष पहिले सम्म हिमाली जिल्ला सोलुखुम्बुको दुर्गम गाउँ सोताङको बासुकी आधारभुत बिद्यालयमा बिद्यार्थीको संख्या १३ जना मात्रै थियो । सरकारी बिद्यालयको लगालिंग ब्यबस्थापन र पढाइको गुणस्तर पनि नभएपछि अबिभावकहरुले राम्रो बिद्यालयको खोजीमा आफ्नो बालबच्चालाइ अरु बिद्यालयहरुमा लैजाने गरेका थिए ।

तर अहिले त्यही बिद्यालयमा कक्षा ७ सम्म एक सय ५० जना भन्दा बढि बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । निजि बिद्यालय र नाम चलेका माबि बिद्यालयहरुमा अध्ययन गरिरहेका बाबुनानीलाइ समेत अहिले अबिभावकहरुले बासुकी आधारभुत बिद्यालयमै भर्ना गराउन भनसुन गर्न थालेका छन् ।

यसरी छोटो समयमै बिद्यालयको रुप फेरिनुको कारण हो, नेपाली र बिदेशी नागरिकको आर्थिक सहयोग र अंग्रेजी माध्यममा अध्यापन । सोताङ शिबटार बजार नजिकै रहेको यस बिद्यालयमा अनिबार्य नेपाली बाहेक सबै बिषय अंग्रेजी माध्यमबाट अध्यापन गराइनु थालेको छ भने बिद्यार्थीका लागि बर्षेनी पोषाक देखि कापी कलम समेत सहयोग स्वरुप प्राप्त हुन थाले पछि बिद्यालयको रुप पुरै फेरिएको छ भने गुणस्तरिय शिक्षाबाट अबिभावकहरु पनि दंग छन् ।

बिद्यालयलाइ यो अबस्थामा पुर्याउन भने स्थानिय समेत रहेका ब्यबसायी दिप राइ र उनकी श्रीमति झरना चाम्लीङको अमुल्य योगदान रहेको छ । आफनै गाउँको बिद्यालय दिनप्रतिदिन धरासायी बन्दै गएपछि चिन्तीत बनेका राइ दम्पत्तिले आफ्नो कमाइको आधा हिस्सा बिद्यालयलाइ उपलब्ध गराउन थाले । योग्य शिक्षकको अभाबमा बिद्यार्थीहरुको पढाइ बिग्रन थालेपछि राइ दम्पत्तिले ३ जना शिक्षकका लागि मासिक ११ सय डलर सहयोग गर्दै आएका छन् ।

सुकीमायाँ इङलीस एजुकेशन फाउण्डेशन नेपाल नामक सस्था दर्ता गरि उनीहरुले सस्थागत रुपमै सहयोग गर्दै आएको ७ बर्ष पुरा भएको छ । सुकीमायाँ इङलीस एजुकेशन फाउण्डेशन नेपालको मासिक ११ सय डलरबाट ३ जना शिक्षक थप गरि अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको हो ।

राइ सम्पत्तिको सामाजिक कार्यबाट प्रभाबित बनेका एक अमेरिकी दम्पत्ति केन लाडोस्योर र मार्लिन लामोस्योरले पनि बिद्यालयलाइ सहयोग गर्न थाले । उनीहरुले सन् २०१४ देखि मासिक ४ सय डलर सहयोग गर्दै आएका छन् । बिदेशी नागरिकबाट पाएको सहयोगलाइ शिक्षककै सेवा सुबिधामा थप गरिएको छ भने कार्यलय सहयोगी समेत बिदेशी सहयोगमै राखीएको छ । यसरी जम्मा १५ सय डलर मासिक रुपमा बिद्यालयले सहयोग प्राप्त गर्दै आएको छ । बिदेशि नागरिकको सहयोगले ३ जना सरकारी दरबन्दी शिक्षक र ३ जना सहयोगबाट प्राप्त शिक्षक गरि ६ जना शिक्षकले अंग्रेजी माध्यमबाट अध्यापन गराउदा बिद्यार्थीमा सिकाइ उपलब्धी निक्कै प्रभाबकारी भएको बिद्यालयकी प्रधानाध्यापक शकुन्तलाकुमारी कटुवालले जानकारी दिइन् ।

पहिले बिद्यार्थीले बिद्यालय छाड्ने गरेका थिए, अहिले बोर्डिङ स्कुलबाट समेत छुटाएर बिद्यार्थी भर्नाका लागि अबिभावकहरु बिद्यालय धाउने गरेको कटुवालको भनाइ छ । उनले भनिन्, ‘अहिले बिद्यार्थीको संख्या दोब्बर भन्दा बढि भइसक्यो, तर पनि आएका बिद्यार्थीलाइ भर्ना लिइरहेका छौँ, यसरी बिना प्रचार बिद्यार्थी भर्नाका लागि आउनु हाम्रो सम्पत्ति हो ।’

सोलुखुम्बुको सोताङ स्थीत बासुकी आबिका बिद्यार्थीलाइ शैक्षिक सामगृ प्रदान गर्दै अमेरिकी नागरिक जोय संगै समाजसेबी दिप राइ र झरना चाम्लीङ

ती बिदेशी नागरिकले पनि आफ्नो सहयोग रकम प्रभाबकारीरुपमा खर्च हुन थाले पछि सहयोगलाइ निरन्तर गर्ने उद्यश्यले अमेरिकामा नेपाल इङलिस एजुकेशन फाउण्डेशन नामक सस्था दर्ता गरेका छन् । आफ्नो कमाइ र साथीहरुको कमाइको केही अंश नेपालको बालबालिकाहरुको अध्ययनका लागि संकलन गरेर पठाउने गरेको नेपाल इङलिस एजुकेशन फाउण्डेशनको वेभसाइटमा उल्लेख छ ।

आफ्नो दम्पत्तिले गरिरहेको काममा बिदेशीको पनि सहयोग पाउँदा सामाजिक कार्य गर्न थप हौसला मिलिरहेको नेपाल इङलिस एजुकेशन फाउण्डेशनका नेपाल कन्ट्री डाइरेक्टर दिप राइले बताए । उनले भने, ‘दुर्गम क्षेत्रमा हामीले गरेको लगानीले बालबालिकाको भबिष्य राम्रो हुदै गएको देख्छु, खुसी लाग्या छ ।’ अंग्रेजी माध्यमबाटै पढाइ हुन थालेपछि साना बालबालिकामा अंग्रेजी बोल्न समेत पोख्त हुदै गएको अबिभावक यमलाल बस्नेतले जानकारी दिए ।

भर्खरै बिद्यालय अनुगमन गरेका जिल्ला शिक्षा अधिकारी डिकबहादुर राइले पनि बिद्यालयको ब्यबस्थापन र अंग्रेजी माध्ययमबाट पढाइ हुदा शिक्षा आर्जनमा पुगेको सहयोगको प्रशंसा गर्दै सहयोगीहरुको सामाजिक कार्यको प्रशंसा गरेका छन् । सोताङकै खहरे आधारभुत बिद्यालयमा पनि अंग्रेजी माध्ययमबाट अध्यापन गराउन बिदेशीहरुको सहयोग जुटाउन पहल गरिरहेको नेपाल इङलिस एजुकेशन फाउण्डेशनका नेपाल कन्ट्री डाइरेक्टर दिप राइले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!