सु–सासनका लागि सार्वजनिक परिक्षण अपरिहार्य– नगर अधिकृत थापा

सोलुदुधकुण्ड नगरपालीका सोलुखुम्बुका कार्यकारी अधिकृत ईन्दिरा थापाले योजनामा पारदर्शिता र अनियमितताको आरोपबाट बच्न पनि सार्वजनिक परिक्षण आबश्यक रहेको बताउनुभएको ।

हिमशिखर बहुद्धेश्यीय संस्था अन्तर्गत स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन परियोजना LGAF ले आयोजना गरेको सार्वजनिक परिक्षण र नागरिक अधिकारयुक्त सेवा बिषयक क्षमता अभिबृद्धि कार्यक्रममा बोल्दै थापाले योजना स्थलमै सार्वजनिक परिक्षण गर्न र नगरपालीकाका कर्मचारीको तर्फबाट कुनै समस्या आएमा निर्धक्क भएर आफुलाई भन्न आग्रह गर्नुभयो ।

सोलुदुधकुण्ड नगरपालीकाका बिभिन्न वडा नागरिक मंचका पदाधिकारी तथा बिभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारी सहभागी सो कार्यक्रममा सार्वजनिक परिक्षण के हो ? कसरी गर्ने ? यसको आबश्यकता के भन्ने बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरुले सार्वजनिक परिक्षणका बखत देखिने समस्या सुनाएका थिए भने परियोजनाका तर्फबाट समाधानका उपायहरु तथा नीति नियमका व्यवस्थाका बारेमा जानकारी गराईएको थियो ।

यस्तै कार्यक्रममा नागरिकले अधिकारका रुपमा प्राप्त गर्ने सेवाहरु सामाजिक सुरक्षा भत्ता, लक्षित बर्ग बजेट लगाएत बिभिन्न कार्यालयबाट प्राप्त हुने सेवा सुबिधा र त्यो खोजि गर्नु पर्ने नागरिक दायित्वका बिषयमा समेत छलफल गरिएको थियो ।

परियोजनाले जिल्लाका साविकका बिभिन्न १८ गाविस र नगरपालीकामा यस किसिमको तालिम सम्पन्न गरेको जनाएको छ । यस अघि बिभिन्न योजनाहरुमा सार्वजनिक परिक्षण कागजमा मात्र सिमित भएको गुनासो आईरहेको र तालिम पश्चात सुधार देखिएको ीन्ब्ँ सोलुखुम्बुका संयोजक भोजेन्द्र बस्नेतले जानकारी दिनुभयो । LGAF ले साविक जिल्ला विकास समितिसँगको समन्वयमा जिल्लामा संचालित १० वटा ठूला योजनाहरुको सार्वजनिक परिक्षण समेत गर्दै छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!