सुशासन र सम्बृद्धिको युगःमुख्यमन्त्री राई

सोलुखुम्बु – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासन र सम्बृद्धिको युग भएको दाबी गरे । महाकुलुङ गाउँपालिकाको १ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले जनप्रतिनिधिले जनतालाई छल्ने सुविधा नभएको बताए ।

संघीय संरचनाले विकासमा पारेको प्रभावबारे चर्चा गर्न करिब ३५ मिनेट खर्चेका उनले केचनाकवच देखि सगरमाथा सम्म फाष्ट ट्रयाक सडक र केवलकारको महत्वाकांक्षि योजना, मुन्धुम ट्रेल, मध्यमहाडी लोक मार्ग, पाँचपोखरी, महाकुलुङ ताल र एयरपोर्टले गर्दा महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल रहेको दाबी गरे ।

प्रदेश नं १ लाई धनि बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताउदै मुख्यमन्त्री राईले महाकुलुङ अस्पतालको व्यवस्थापनमा सहयोग गर्ने बताए । जनप्रतिनिधिहरुले राखेको मागको सन्दर्भमा उनले संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुखसंग समन्वय र सहकार्य गरेर प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गरे ।वडा नं १ बुङ, वडा नं २ पेल्माङ र वडा नं ३ छेस्कामले स्थानीय उत्पादन अल्लोको कपडा उपहार प्रदान गर्दै विभिन्न योजनाका लागि आवश्यक बजेट माग गरे ।

प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले विकासमा राजनिति नगर्न आग्रह गरे । विकासका क्रियाकलापमा गरिने राजनितिले सम्बृद्धि संभव नभएकाले विकासमा तेरोमेरो तथा पक्षविपक्ष नबन्न आग्रह गरे । पर्यटनको विकासलाई ध्यानमा राख्दै आगामी बैशाखसम्म जिल्लाका विभिन्न स्थानमा फोरजी सेवा संचालन गर्ने बताए ।


प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले उज्यालो सोलुखुम्बुको अभियानले गति लिएको दाबी गरे । ग्रामिण विद्युतीकरणको काम धमाधम भईरहेको बताउदै सांसद राजभण्डारीले नागरिकको स्वास्थ्य माथी पहूँच अभिबृद्धिका लागि चालु आर्थिक बर्षमा प्रदेश सरकारले हरेक स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराउने जानकारी दिए ।


अर्का, प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतले जनचाहना अनुसार विकासको काम भईरहेको दाबी गरे । विकासको मुख्य आधार नै सडक भएकाले ग्रामिण सडक विस्तारमा ध्यान केन्द्रित गरेको बताए । नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सोताङमा ब्लड बैँक स्थापनाको पहलकदमी लिएको दाबी गरे ।


गाउँपालिका अध्यक्ष सागर किराँतीले जनताको खुसीलाई केन्द्रभागमा राखेर विकासका क्रियाकलापमा केन्द्रित बनेको बताए । उनले ३६४ जना स्थानीयले हस्ताक्षर गरेको पत्र सहित मध्यपहाडी लोकमार्गको काम सुचारुका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण पत्र बुझाए ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्यले महाकुलुङ गाउँपालिकाको विकास अवधारणाको प्रशंसा गर्दै शान्ति सुरक्षा कायममा प्रशासन कहिल्यै नचुक्ने दाबी गरे । गाउँपालिका उपाध्यक्ष विपना कुलुङले जनताको साथ विना विकास संभव नभएको बताईन् । नेपाली कांग्रेसका नेता सुर्य कुलुङले स्थानीय सरकारको काम प्रति आफू सन्तुष्ट रहेको बताए ।


१५ शैयाको महाकुलुङ प्राथमिक अस्पताल गाउँपालिकाको ४६ लाख ८५ हजारमा व्यवस्थापन गरिएको स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए । अस्पतालले ल्याव, एक्सरे सहितको चिकित्सक सेवा प्रदान गरिरहेको छ । अस्पताल निर्माणपछि महाकुलुङका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!