सुशासन र पारदर्शीतामा चुक्दै नेचासल्यान

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर ८

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका सुशासन र पारदर्शीतामा पछि परेको छ । चालु आर्थिक बर्षको पहिलो चैमासिक समेत वितिसकेको अवस्थामा आर्थिक बर्ष २०७४–७५ को सार्वजनिक सुनुवाई नगर्नु, नियमित वेवसाईट अपडेट नगर्नु लगायतका क्रियाकलापले जनमानसमा विभिन्न किसिमका प्रश्न र गुनासाहरु जन्माएको हो ।

चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रमबारे थाहा पाउन पनि महिनौ लागेको नेचाका स्थानीयले गुनासो गरेका छन् । तर हिमाल एफ एमसंग कुरा गर्दै गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले सार्वजनिक सुनुवाई गर्न नसक्नु आफ्नो कमजोरी भएको स्विकार त गरे तर सुनुवाई गर्नका लागि कुनै एक प्रदेश मन्त्रीको उचित समय पर्खिरहेको बताए ।

गाउँपालिकाका स्थानीयले सार्वजनिक सुनुवाईको माग गरेपनि गाउँपालिकाले गत बर्षको हिसावकिताव सार्वजनिक गर्न सकेको छैन् । त्यस्तै, वेवसाईट अपडेटको सवालमा अध्यक्ष बास्तोलले नियमित अपडेट भएको हाँस्यापद् दाबी गरे । अहिले वेवसाईटमा चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको फोटो र नाम, प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेको, तत्कालिन कृषि शाखा प्रमुखको विदाई गरेको, भुकम्प प्रभावितको दोस्रो र तेस्रो किस्ता विवरण र भुकम्प प्राधिकरण पुर्ननिर्माणले नेचामा गरेको सार्वजनिक सुनुवाईमा अध्यक्ष बास्तोलाले बोल्दै गरेको फोटो क्याप्सन र परिचय बाहेक अन्य कुनैपनि सूचना रहेको छैन् ।

गाउँपालिका अध्यक्ष बास्तोलाले असारमा पारित गरिएको बजेट तथा कार्यक्रम केहि दिनमै वेवसाईटमा राखिएको दाबी गरेपनि वेवसाईटमा १० अक्टोवर २०१८ अर्थात गत असोज २४ गते मात्र चालु बर्षको बजेट तथा कार्यक्रम अपलोड गरिएको छ । वेवसाईटमा राखिएका योजना तथा परियोजना, सार्वजनिक खरिद तथा बोलपत्र आब्हान, आयव्यय विवरण, वडागत विवरण, विद्युतीय सुशासन सेवा, सुचना तथा जानकारी, ग्यालरी मात्र खाली छैन्, सम्पर्कको लागि गाउँपालिकाको टेलिफोन, ईमेल लगायतका जानकारी र सूचना अधिकारी र प्रवक्ताको विवरण राख्नुपर्ने भएपनि त्यो कोलम पनि खाली देखिएको छ । कुराकानीमा गाउँपालिका अध्यक्ष बास्तोलाले वेवसाईट नियमित अपडेट भएको जिद्धि गरेपनि http://nechasalyanmun.gov.np नामको वेवसाईट नियमित अपडेट भएकै छैन् । अब भन्नुस्, गाउँपालिका सुचना मैत्री छ की छैन्, विकासे आयोजनामा दाँयाबाँयाको आशंका सहित चौतर्फी आलोचना चुलिदै गदार्, पनि गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्न आँट गरेकोे छैन् । नियमित वेवसाईट अपलोड नहुनुले राज्यको लगानी दुरुपयोग मात्र भएको छैन्, गाउँपालिका भित्र सुचना तथा प्रविधिको क्षेत्रमा कार्यरत कर्मचारीले कसरी दिन कटाउछन् भन्ने प्रश्न गाउँपालिकाबासीले गर्न थालेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!