सुशासन र पारदर्शिताका सवालमा सोलुका स्थानीय तह

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस ११

सुशासन र पारदर्शिताको सवालमा सोलुखुम्बुका स्थानीय तह पछि देखिएका छन् । अघिल्लो आर्थिक बर्षमा पनि सार्वजनिक सुनुवाई नगरेका स्थानीय तहले चालु आर्थिक बर्षको पाँच महिना बित्दा पनि सुशासन र पारदर्शिताका लागि सुनुवाई कार्यक्रमको आयोजना गर्न सकेका छैन् । आर्थिक बर्ष २०७४–७५ मा हरेक वडा र नगरपालिकास्तरिय सार्वजनिक सुनुवाई गरेको सोलुदुधकुण्ड नगरपालिकाले चालु बर्षमा सार्वजनिक सुनुवाई गर्न सकेको छैन् । उद्यपी, नगरपालिकाले चौमासिक प्रगती वेवसाईटमा सार्वजनिक गरेको छ । नगरकार्यपालिकाको वैठकले छिट्टै सुनुवाई कार्यक्रमको मिति तय गर्ने नगरले जनाएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाले मुक्लिमा गरेको सार्वजनिक सुनुवाई
फोटो–शिखर

अघिलो बर्ष सार्वजनिक सुनुवाई नगरेको थुलुङ दुधकोशी गाउँपालिकाले चालु बर्षको पहिलो चौमासिक सकिएलगत्तै गत मंसिर १९ गते पालिकास्तरिय सुनुवाई कार्यक्रम सम्पन्न गरिसकेको छ । उता, विकास निर्माणमा अनियमितताको चर्को गुनासो सुन्नुपरेको नेचासल्यान गाउँपालिकाले गएको बर्षमा कर्मचारी अभावमा सार्वजनिक सुनुवाई गर्न सकेन । तर गाउँपालिकाले अघिल्लो बर्ष र चालु बर्षको चौमासिक प्रगतीबारे पुस २ देखि ८ गते सम्म ५ वटै वडामा सार्वजनिक सुनवाई सम्पन्न गरेको छ । अन्य गाउँपालिकाले वडा तहमा सुनुवाई कार्यक्रम नगरेकाले हरेक वडामा सुनुवाई संचालन गर्ने गाउँपालिका नेचासल्यान गाउँपालिका बनेको छ ।

हरेक चौमासिकमा खर्च र उपलब्धिको प्रगती आमनागरिकमा पु¥याउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने भएपनि माप्य दुधकोशी गाउँपालिकाले आर्थिक बर्षको अन्त्यमा आयोजना गर्ने उपाध्यक्ष जुनितामाया मगरले बताईन् । डाँडापारिको गाउँपालिका भनेर परिचित लिखिुपिके गाउँपालिकाले आगामी माघ १५ गते सार्वजनिक सुनुवाई गर्ने तयारी छ भने दुधकोशी पारिको सोताङ गाउँपालिकाले आगामी पुस २८ गते सार्वजनिक सुनुवाई गर्दैछ । खुम्बुपासाङल्हमू गाउँपालिकाले अझैसम्म सुनवाई कार्यक्रमको आयोजना गरेको छैन् भने महाकुलुङ गाउँपालिकाले आर्थिक बर्षको अन्त्यमा सार्वजनिक सुनुवाई गर्ने जनाएको छ । हरेक योजनापिच्छे सार्वजनिक सुनुवाई गरिने भएकाले तर्जुमा गरिएको योजना कार्यान्वयन सकिएपछि एकमुष्ट सुनुवाई कार्यक्रमको आयोजना गर्ने गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु