सुर्केखोला लघुजलविद्युतको काम अन्तिम चरणमा

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ३

महाकुलुङ गाउँपालिका १ मा निर्माणाधिन सुर्केखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

बुङको खिरौले क्षेत्रमा निर्माणाधिन जलविद्युतको काम ८५ प्रतिशत सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पेम्बा ग्याल्जेन शेर्पाले बताए । ३० किलोवाट विद्युत उत्पादन क्षमताको आयोजनाको बाँकी काम आगामी एक महिनामा सम्पन्न गरि विद्युत उत्पादन शुरु गर्ने तयारी गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख ५० हजार अनुदानमा निर्माण शुरु गरिएको लघुजलविद्युत आयोजना निर्माणमा तत्कानि बुङ गाउँ विकास समितिबाट करिब १७ लाख लगानी गरिएको छ । महाकुलुङ गाउँपालिकाबाट १० लाख, प्रदेश सभा ‘क’ अन्तरगत निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमबाट १५ लाख विनियोजन गरिएको छ भने नेपाल हिल्फे बोन जर्मनीको ७० लाख सहयोग प्राप्त भएको अध्यक्ष शेर्पाले जनाए ।

उक्त आयोजना निर्माण सम्पन्न पछि महाकुलुङका खिरौले, नाजिङ, छाराखोर, चोलेमखर्क, गाईखर्कका बस्ति अन्धकारमुक्त हुनेछ । चेरेमका नागरिकलाई पनि उज्यालोमा राख्ने योजना बनाएको निर्माण समितिले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु