सुरक्षाकर्मीलाई खोटाङमा सहकारी संस्थाको सहयोग

खोटाङ १६ चैत


खोटाङको दिक्तेलस्थित सक्रिय बचत तथा ऋण सहकारी संस्थाले ड्यूटीमा खटिने सुरक्षाकर्मीलाई पिउने पानी, फ्रुटी, चाउचाउ र विस्कुट सहयोग गरेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि सरकारले लागु गरेको ‘लकडाउन’ कार्यान्वयन गर्नका लागि ड्यूटीमा खटिएका सुरक्षाकर्मीका लागि सहकारीले पानी, फ्रुटी, चाउचाउ र विस्कुट सामग्रीहरु सहयोग गरेको हो ।


सहकारीले २ सय ४० वोतल मिनिरल वाटर, ३ सय पिस फ्रुटी, ३ सय प्याकेट चाउचाउ र २ सय ४० पिस विस्कुट सहयोग गरिएको सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

माहामारीले देश नै संकटमा परेको बेलामा अहोरात्र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीले लकडाउनको समयमा पसलहरु नखुल्ने र जथाभावि पाईने खानेकुरा एवंम् पानी पिउनाले स्वास्थ्यमा संक्रमण देखिने समस्यालाई मध्यनजर राख्दै २० हजार बराबरको सामग्री सहयोग गरेको अध्यक्ष लयालुको बताए ।

सहकारीका पदाधिकारीहरु जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमलाई सामग्रीहरु हस्तान्तरण गरेको सहकर्मी दिलीप खत्रीले जनाकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!