सुनचाँदीको भाउमा क्रमशः गिरावट

हिमाल एफ एम, ११ भाद्र – स्थानीय बजारमा सुनचाँदीको भाउमा क्रमशः गिरावट आएको छ । विहीबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । विहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको छ ।

बुधबार सुन तोलाको ५१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले कमी आइ ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । सोमबार मात्रै सुन तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु