सुनकोसीको सिस्नेरीमा ४ शैय्याको क्वारेन्टाइन

नबराज कार्की
ओखलढुगा, चैत्र २४


ओखलढुंगा जिल्लाको सुनकोसी गाउँपालिका वडा नं ३ मा क्वारेन्टाइन निर्माण गरिएको छ ।

सुनकोसी गाउँपालिका ३ नं वडा कार्यालय, स्वास्थ्य चौकी सिस्नरी र स्थानीयको सहकार्यमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

कालिका माविमा स्थापना गरिएको क्वारेन्टाइन ४ शैय्याको रहेको स्थानीय नवराज खड्काले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणका शंकास्पद विरामीलाई राख्न र रेखदेख तथा उपचारका लागि क्वारेन्टाइन निर्माण गरिएको वडा कार्यालयले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु