सुटिङ हब बन्दै सोलुको पत्ताले (भिडियो सहित)

सामुन्द्रिक सतहवाट २७ सय भन्दा माथीको उचाईमा रहेको सोलुखुम्बुको पत्ताले चलचित्र तथा म्यूजिक भिडियो छाँयांकनका लागि पनि राम्रो मान्न थालिएको छ । मौसम खुलेको बेलामा चिसो हावासंगै मोहित पार्ने हिमश्रृंखलाको दृष्य संगै घुम्न मात्र होईन, विभिन्न कथामा बन्ने चलचित्र तथा भिडियो समेत निर्माणका लागि समेत उपयुक्त रहेको चलचित्रकर्मीहरु बताउछन् ।

17807150_1428510227224110_1443513156_n

एक महिना देखि ‘स्वर्ग मेरो गाउँ’ चलचित्रको सुटिङ यूनिट सोलुखुम्बुको पत्तालेमा छ । उनीहरुले चलचित्रको ९० प्रतिशत सुटिङ पत्ताले र आसपासका क्षेत्रमा गरिसकेका छन् । अन्तिम गीतको छाँयांकनमा व्यस्त भएको चलचित्र युनिट अनुकुल मौसमवाट मोहित भएको प्रतिक्रिया दिन्छन् । चलचित्रकी नायिका भावना गुरुङले बन्ने चलचित्र तथा म्यूजिक भिडियोका लागि पनि पत्ताले सिफारिस गर्ने बताउछिन् ।

चलचित्रका निर्माता र निर्देशक रामकृष्ण बजगाँई हुन् । निर्माणाधिन चलचित्रको कथा समेत बजगाँई आँफैले तयार पारेका हुन् । चलचित्रले स्वर्ग नेपालमै भएको सन्देश दिने अपेक्षा गरिएको छ । बजगाँई अझै आधादर्जन कथामा चलचित्र छाँयांकन गर्न सकिने संभावना दर्शाउछन् ।
चलचित्रमा भावना गुरुङ र नरेन खड्का लगायतका दर्जनौ कलाकर्मीले अभिनय गरेका छन् । अष्ट महर्जनको द्धन्द्ध र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्र मौलिक धारको बन्ने निर्माण पक्षको दाबी छ । नायक नरेन खड्का पत्तालेलाई सुटिङ हबको रुपमा विकास गर्न सकिने संभावना बताए ।

17792997_1428512323890567_423547037_n

स्थानीय निकायले समेत पत्तालेलाई पर्यटन विकासको आशलाग्दो क्षेत्रको रुपमा लिएको अवस्थामा त्यस क्षेत्रको विकासका लागि स्थानीयको मत पनि एक देखिएको छ । स्थानीय अगुवा प्रकाश मगर पत्तालेमा पर्यटकीय दृष्ट्रिले प्रशस्त संभावना रहेकोले विकासका लागि आशलाग्दो प्रयास भईरहेको बताउछन् ।

सगरमाथा सहित ८ हजार भन्दा माथीको उचाई रहेको करिब आधादर्जन हिमाल देख्न सकिने भएकाले पनि पत्तालेले धेरैलाई आकर्षण गरिरहेको छ । सो क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी पक्षले बेलैमा ध्यान दिन सके त्यसभेगका नागरिकलाई मात्र होईन, समग्र नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ ।

प्रस्तुती – शिखर गजरकोटे

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!