सुचना तथा प्रविधिको क्षेत्रमा लिखिपिके शुन्य, वेवसाईट अपडेट छैन्

शिखर गजरकोटे,
सोलुखुम्बु, मंसिर १०

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको वेवसाईट पनि अपडेट नगरेको पाईएको छ ।

स्थानीय तह गठन भएको डेढबर्ष वितिसक्दा पनि गाउँपालिकाको गतिविधिलाई सार्वजनिक गर्ने माध्यमको रुपमा हजारौ खर्च गरि डोमेन तयार पारिएको वेवसाईट अपडेट भएको छैन् ।

ईन्टरनेट पहूँच भएको ठाउँवाट स्थानीय तहको गतिविधि, क्रियाकलाप, योजना तथा बजेट कार्यान्वयनको अवस्था लगायतका विषयमा थाहा पाउन सजिलोका लागि राज्यले हरेक स्थानीय तहको वेवसाईट विकास गरेपनि जनप्रतिनिधको ध्यान नपुग्दा सुचना प्रवाहमा समस्या आएको छ ।

लिखुपिके गाउँपालिकाको वेवसाईटमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अधिकृतको नाम मात्र राखिएको छ । त्यसवाहेक बजेट तथा कार्यक्रम, योजना तथा परियोजना, सार्वजनिक खरिद तथा बोलपत्र आब्हान, आयव्यय विवरण, वडागत विवरण, विद्युतीय सुशासन सेवा, सुचना तथा जानकारी, प्रतिवेदनको कोलम खाली रहेको छ । वेवसाईटमा गाउँपालिकाको परिचय र सम्पर्क समेत अपडेट गरिएको छैन् ।

वेवसाईटको विषयमा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले सुचना तथा प्रविधि अधिकृतको अभावमा अपडेट गर्न नसकिएको स्विकार गर्नुभयो । हिमाल एफ.एम.संग कुरा गर्दै अध्यक्ष बस्नेतले करारमा आईटी अफिसर रछनौट गर्ने काम सकिएकोले ढिललोमा १० दिन भित्रमा वेवसाईट अपडेटको काम शुरु हुने बताउनुभयो ।

लामो समयसम्म गाउँपालिका सुचना तथा प्रविधिको क्षेत्रमा शुन्य हुनु दुर्भाग्य भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

लिखुपिके गाउँपालिकाको वेवसाईट http://likhupikemun.gov.np/ लिङकवाट खोल्न सकिन्छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!