सिस्नेरी सडक खुला, ढुंगा हटाउन ब्लाष्टिङ

सोलुखुम्बु, भदौ २८


सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थिती अबरुद्ध सिस्नेरी सडक आइतबार विहान देखि खुलेको छ ।

स्काभेटरले समेत पन्छाउने नसक्ने ढुंगा खसेर सडक अबरुद्ध गरेपछि स्थानीय प्रशासनको सक्रियतामा तल्लो सोलुखोला जलविद्युत आयोजना (८२ मेगावाट)को प्राविधिक सहयोगमा ब्लाष्टिङ गरेर ढुंगा हटाएको र लेदो सहितको पहिरो पन्छाएपछि सवारी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शनिबार विहान ढुंगा खसेपछि सडक पुर्ण रुपमा अबरुद्ध बनेको थियो ।

पहिरो र ढुंगा हटाउनु अघिको दृष्य

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!