सिता एयरको जहाज फाप्लुमा सामान्य दुर्घटना

बिक्रम श्रेष्ठ,
सोलुखुम्बु, १० बैशाख,

सोलुखुम्बुको फाप्लु बिमानस्थलमा अबतरणको क्रममा सिता एयरको जहाज भित्तामा ठोक्किएपछि सामान्य दुर्घटनामा परेको छ ।

आज बिहान करिब साढे आठ बजेको समयमा अबतरण गरेर पार्किङस्थलमा लैजान घुमाउने क्रममा नाइन एन ए एच आर कल साइन भएको जहाजको बायाँ तर्फको पखेटा भित्तामा ठोक्किएको थियो । भित्तामा ठोक्किएपछि जहाजको पखेटा विङस टिपमा क्षति पुगेको बिमानका पाइलट अबिन गौचनले जानकारी दिनुभयो ।

काठमाडौँबाट लुक्लाका लागि उडेको जहाज लुक्ला स्थीत बिमानस्थलमा मौसम खराब भइ अबतरण हुन नसकेपछि नजिकै रहेको फाप्लु बिमानस्थलमा अबतरण गरिएको फाप्लु स्थीत नागरिक उड्यन प्राधिकरणले जनाएको छ । जहाजमा चालक दलका तीन दिस्य सहित १७ बिदेशी पर्यटक थिए ।

सम्बन्धित शीर्षकहरु