‘सिडिओ’ले म्याद गुज्रिएको चिउरा खाएपछि

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ ६

आईतबार खाजा खाने समय भएपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले पाँच सय रुपैया झिकेर चिउरा खरिद गर्न एक कर्मचारीलाई पठाए । चिउरा ल्याएपछि चिया संग चिउरा खाजा खानका लागि बसे । चिउरा मुखमा हालेसंगै तितो र फुस्स गनाएको महसुस भएपछि प्याकेट मगाए ।

प्याकेटका व्यहोरा अध्ययन गर्दा प्रजिअ रानाले थाहा पाए की, म्याद गुज्रिएको चिउरा भन्ने । त्यसपछि तुरुन्त सम्बन्धित पसललाई चिउरा बरामतको पत्र तयार पारि सुरक्षाकर्मी सहित कर्मचारी खटाए । खटिएको कर्मचारीले पसमा पुगेर पत्र थमाउदै भन्यो की, ‘हुलास’ नामको झुरुम झुरुम चिउरा जति छन्, सबै निकानुस् । कर्मचारीले फेरि थपे, ‘अघि तिरेको पाँच सय पनि फिर्ता दिनुस् ।’

सल्लेरी स्थित राजु स्टोरका संचालकले प्रशासनको पत्रका आधारमा प्याकेटका १८ पोका चिउरा निकाले । प्रशासनले बोरामा प्याक गरि बरामत ग¥यो । संचालक राजु श्रेष्ठले भन्दै थिए, ‘हामी यो चिउरा वस्तुभाउलाई खुवाउछौ या त कम्पनीमा फिर्ता पठाउछौ ।’ तर प्रशासनका कर्मचारीले फिर्ता पठाउने भएपनि निवेदन सहित प्रशासनमा आउनुस् । प्रक्रिया अघि बढ्छ । संचालकले आफ्नो पसलमा मात्र यो चिउरा नभएको भन्दै बजारमा अन्य पसलमा पनि अनुगमन गर्न र म्याद नाघेका खाद्य सामाग्री बरामत गर्न माग गरे । उनले कम्पनीले प्याक गरेको सामान जिल्ला भित्रन समय लाग्ने भएकाले खरिद गरेको केहि हप्तामै सामाग्रीको म्याद गुज्रने समस्या खेप्नु परेको दुखेसो पनि गरे ।

बरामत गरिएको चिउरामा २०७५ साउन १४ गते प्याकेजिङ गरिएको मिति राखिएको छ भने प्याकेजिङ मितिको ९० दिन सम्म उपभोग गर्नुपर्ने लेखिएको भएपनि व्यापारीको लापरबाहीको कारण अखाद्य वस्तुका विक्रि भईरहेको प्रशासनको बुझाई छ । राजु स्टोरका संचालक राजु श्रेष्ठले कम्पनीवाटै खाद्य सामाग्री ढिला आउने भएकाले आफूहरुलाई समस्या भएको बताउनुभयो । बजारमा चलेको ‘हुलास’ नामको चिउरा धिरज चामल उद्योग झापाको उत्पादनमा बजारमा आएको हो ।

बरामत गरिएको प्याकेटको चिउरा जलाउने या पुर्ने प्रशासनले जनाएको छ । बजारमा अखाद्य वस्तुको खरिदमा सिडिओ आँफै परेपछि उनले खाद्य शुघता अभियान संचालन गर्ने र हरेक पसल, होटल र स्टोरमा कडाईका साथ अनुगमन गर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुदै आएको अनुगमनमा अब देखि आँफै उपस्थित हुने प्रजिअ रानाको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!