सिडनीबाट सांघाइका लागि उडेको विमान दुर्घटनाबाट जोगियो

सिडनी, जेठ २९ ।

चाइना इस्टर्न एयरलाइन्सको एउटा विमान दुर्घटना हुनबाट जोगिएको छ ।

अस्ट्रेलियाको सिडनीबाट सांघाइका लागि उडेको सो विमानको इन्जिनमा प्वाल परेको हो । उडान भरेको एक घण्टामा पाइलटले विमानको इन्जिनमा खराबी पत्ता लगाएका थिए ।

इन्जिनमा प्वाल देखिएपछि पाइलटले विमानलाई सिडनीतर्फ फर्काएका थिए । अस्ट्रेलियाली सोसल मिडियामा विमानको इन्जिनमा प्वाल परेको तस्वीर भाइरल भएको छ ।

इन्जिनमा प्वाल परेको भए पनि एयर बस ३३० विमानलाई विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ ।

विमानका एक यात्रीले अस्ट्रेलियाली टेलिभिजन च्यानल ‘नाइन न्यूज’ सँग कुरा गर्दै भने, ‘अचानक हामीले आवाज सुन्यौं, केही जलिरहेको जस्तो लाग्यो, म लगायत सबै यात्री धेरै डराएका थियौं ।’

इन्जिनमा कसरी प्वाल पर्‍यो भन्ने प्रष्ट भइसकेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुको भनाइ छ ।

विमानमा २ सय ९७ यात्रु सवार थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु