सिँचाई कार्यालय खोटाङका प्रमुख श्रेष्ठ ९ लाख घुससहित पक्राउ

खोटाङ, असार ३०


जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ । सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगे हात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले श्रेष्ठलाई घुस रकम सहित कार्यालयबाटै पक्राउ गरेको हो । यस सम्वन्धी बिस्तृत जानकारी केहीबेरमा सार्वजनिक गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालका प्रवक्ता प्रदीपकुमार कोईरालाले बताउनुभयो ।


श्रेष्ठको साथबाट श्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ । हाल जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय आसपासमा सिल गरेर कसैलाई पनि प्रवेश दिइएको छैन । श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांशसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दैआएको सेवाग्राहीको गुनासो छ । खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पनि जलश्रोत तथा सिँचाई डिभिजन कार्यालयका प्रमुख श्रेष्ठलाई अख्तियारले पक्राउ गरेर नगद बरामद गरेको बताउनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!