साहित्यकार डि.बी. किँरातीद्धारा लिखित नाटक ‘भत्किएका घरहरु’ मन्चन गरिदै

शिखर गजरकोटे, चैत्र ११ गते –

नेकपा एमाले निकट जनसांस्कृतिक महासंघ सोलुखुम्बुले ‘भत्किएका घरहरु’ नामक नाटक मन्चनको तयारी गरेको छ ।

महासंघले बुधबार पत्रकार भेटघाटको आयोजना गरि नयाँ बर्ष २०७३ सालको शुरुवातमै नाटक मन्चनको तयारी गरेको जानकारी गराएको हो । साहित्कार डि.बी. किरातीद्धारा लिखित नाटकलाई मन्चन गर्दै ओझेलमा परेको कलाकारितालाई प्रष्फुटन गर्न लागेको महासंघको भनाई छ । नाटक ‘भत्किएका घरहरु’ २०६७ सालमा प्रथम पटक प्रकाशित भएको थियो । बैशाख २ गते देखि सल्लेरीमा उक्त नाटक मन्चन गरिनेछ ।

भेटघाटमा साहित्कार किरातीले नाटक ‘भत्किएका घरहरु’ नेपाली समाजको वास्तविकतालाई समाबेश गरिएको कृति भएकाले जनसांस्कृतिक महासंघले मन्चन गर्न लागेकोमा खुसि व्यक्त गर्नुभयो ।

नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष मानवीर राईले कलाकारितामा सिमीत कलाकर्मी मात्र अग्रभागमा देखिएकामा चिन्ता व्यक्त गर्दै नाटक मन्चन कार्यले नयाँ प्रतिभालाई जन्माउनेमा विश्वास व्यक्त गर्नुभयो ।

महासंघका अध्यक्ष सुर्यकुमारी राईले सामाजिक चेतनाका लागी नाटक मन्चनको तयारी भईरहेकाले आवश्यक सहयोग गर्न सरोकारवालाहरुमा आग्रह गर्नुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!