सारंगी बादक लाल बहादुर गायकलाई प्रतिष्ठानको सहयोग

सोलुखुम्बु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा स्थापित कलाकार कल्याणकारी कोष मार्फत सारंगी बादक तथा संकलक लाल बहादुर गायकलाई उपचारका लागि २१ हजार रकम सहयोग प्रदान गरेको छ ।

उक्त रकम प्रतिष्ठानका पुर्व अध्यक्ष, हालका संरक्षण तथा कल्याणकारी कोष अध्यक्ष दुर्गा रायमाझीले उपचाररत गायकका छोरीलाई हस्तान्तरण गर्नुभएको हो ।

15622655_130362014125095_1315054305088231334_n

काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत गायकको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै रायमाझीले परिवारलाई सान्त्वना प्रदान गर्नुभएको थियो । साथमा प्रतिष्ठानका निर्वतमान अध्यक्ष चन्द्र शर्मा, वर्तमान महासचिब सुबास केसी, सदस्य वैकुण्ठ महत अस्पताल पुग्नुभएको थियो ।
गायकलाई मुटु र मृगौला सम्बन्धि समस्या रहेको गायक वैकुण्ठ महतले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु