सामुदायिक आँखा केन्द्र फाप्लुद्धारा एक वर्षमा ८ हजार भन्दा बढि आँखा रोगीको उपचार

सोलुखुम्बु, असार १५


जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले चालु आर्थिक वर्षमा ८ हजार भन्दा बढि बिरामीको उपचार गरेको छ । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समयमा आँखा रोगी बढिरहेको समयमा केन्द्र फाप्लुबाट र विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट चालु आर्थिक वर्षमा ८ हजार १ सय १७ जना आखाँको बिरामीको उपचार गरिएको हो ।

सामुदायिक आँखा केन्द्रबाट ४ हजार १६१, विद्यालय आँखा जाँच कार्यक्रमबाट ९ सय ४४, १३ स्थानमा सञ्चालन गरिएको सामुदायिक आँखा शिविरबाट १हजार ८ सय ९६, ग्रामिण आँखा क्लीनीकबाट १ हजार १ सय १५ जनाको उपचार गरिएको हो ।

जसमा सामुदायिक आँखा केन्द्रबाट आँखाको सामान्य शल्यक्रिया १ सय ४, चस्मा प्रयोगकर्ता १ हजार २८४, सामदायिक आँखा शिविरमा १ हजार ५२० जनाको आँखा परिक्षण र ३ हजार ९०७ जनाले औषधि प्रयोग गरेकोे नेत्र अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिए ।

लकडाउन लागु भएयता आँखा केन्द्रबाट ८१४ जनाले सेवा लिएका छन् । त्यस्तै आँखा केन्द्रले चालु आर्थिक वर्षमा ७६ जना स्वास्थ्य स्वयम सेविकालाई तालिम समेत प्रदान गरेको छ । सामान्य आँखाको नानिमा चोट लागि अन्धोपनाबाट जोगाउनका लागि सोलुदुधकुण्ड नगरपालिकाका ७६ जना स्वास्थ्य स्वयम सेविकालाई तालिम प्रदान गरिएको हो ।

यसैबिच, सामुदायिक आँखा केन्द्र फाप्लुकोे दीर्घकालीन कोषमा चालु आर्थिक वर्षमा ३२ लाखभन्दा बढि रकम जम्मा भएको छ । चस्मा बिक्रि, औषधि शुल्क लगायतका शिर्षकबाट ३२ लाख ३० हजार ९९० रुपैया जम्मा भएको नेत्र अधिकृत बस्नेतको भनाई छ । विदेशी डोनरबाट पाउदै आएको सहयोग यो वर्ष देखि कट्टी हुने भएकाले सोहि कोषको रकमबाट कर्मचारीको तलब व्यवस्थापन गरिने छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!