सामाजिक विषयमा मर्मस्पर्शी गीत ‘आश्रममा बाउआमा’ (भिडियो सहित)

सोलुखुम्बु । अधिकांश गीत मायापिरतीमा बन्ने गरेपनि केहि गीत सामाजिक कथावस्तुमा बन्ने गरेका छन् । त्यसमध्येको एउटा गीत ‘आश्रममा बाउआमा’ बजारमा आएको छ ।

बुद्धिराम शर्माको भाका र प्रल्हाद सुवेदीको गीत लेखनमा तयार भएको गीत आश्रममा बाउआमामा धर्मराज पोखरेल र देवी घर्तिको स्वर रहेको छ । गायक पोखरेल खोटाङ विजयखर्कमा जन्मेका हुन् भने पेशाले ईन्जिनियर हुन् । व्यवसायीक जीवनवाट बचेको समय गीतसंगीतको श्रीबृद्धिमा खर्च गर्छन्, उनी । ‘आश्रममा बाउआमा’ सामाजिक कथामा बनेकाले बाउआमालाई एक्लाउन चाहने र एक्लाएकाहरुलाई सन्देश प्रवाह गरेको बताउछन्, गायक तथा निर्माता धर्मराज पोखरेल ।

बजारमा पाईने ९५ प्रशित भन्दा बढि गीतसंगीत मायापिरतीको पेरिफेरीमा मिलन विछोडको धारमा बन्ने गरेका छन् । ‘आश्रममा बाउआमा’ बजारमा विरलै सुन्न पाईने सामाजिक यर्थाथपरक गीत मध्ये एक हो । यस्ता गीत बाक्लो रुपमा ल्याउन सके गीतसंगीतले पनि समाज परिर्वतनमा भूमिका खेल्ने बताउछन्, गायक पोखरेल ।

गीतको भिडियो पनि निर्माण गरिएको छ । पोखरेलकै निर्देशनमा तयार भएको भिडियोमा खेम थापा मगरले क्यामरा चलाएका छन् । यो गीत आगामी मंसिरमा सम्पन्न हुने विन्ध्वासिनी म्यूजिक अर्वाडको बर्ष उत्कृष्ट गीतको सूचीमा समेत मनोनयनमा परेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!