सामाजिक अपराध न्यूनिकरणमा डटेर लाग्ने – सोलुका प्रनाउ पौडेल

शिखर गजरकोटे,
सोलुखुम्बु, श्रावण २७

सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक शालिकराम शर्मा पौडेलले सामाजिक अपराध न्यूनिकरणमा डटेर लाग्ने बताउनुभएको छ ।

तत्कालिन प्रहरी प्रमुख रेशम पराजुलीको सरुवा भएपछि जिल्लाको प्रहरी कमाण्ड सम्हाल्नुभएका प्रहरी नायव उपरिक्षक पौडेलले बालविवाह, यौनिक तथा घरेलु हिंसा लगायतका अपराधलाई न्यूनिकरणका लागि योजना बनाएरै लाग्ने बताउनुभएको हो ।

शनिबार पत्रकार भेटघाटमा बोल्दै उहाँले सडक र सवारी सुरक्षाको क्षेत्रमा पनि ध्यान जाने बताउनुभयो । दरबन्दी अनुसारको प्रहरी अभावमा पनि जिल्लाबासीमा सुरक्षाको पुर्ण प्रत्याभूति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रहरी नायव उपरिक्षक पौडेलले समुदायको हितमा सरोकारित पक्षसंग हातेमालो गरेर काम गर्न कुनै कन्जुस्याँई नगर्ने बताउनुभयो ।

भेटमा जिल्लामा क्रियाशिल पत्रकारहरुले सञ्चारमाध्यम र प्रहरी प्रशासन मिलेर परिर्वतनको लागि काम गर्नुपर्ने बताएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु