‘साथि सँग मनका कुरा’का रसिक भन्छन् “रेडियो नै प्यारो”

रेडियो कसैको लागी सोखको बिषय हो भने कतिको लागी लक्ष/उद्धेश्य सबै । तर जे जसरी रेडियो जगतमा प्रबेश गर्छ, उँ त्यहाँबाट फुत्किन सक्दैन । रेडियो जिन्दगी हो भबिष्य हो । अझै राष्ट्रिय स्तरका रेडियोमा काम गर्नू सबैको सोख र सपनाको बिषय हो । यस्तै राष्ट्रिय स्तरको रेडियोबाट आफ्नो पहिचान बनाउन सफल युवा मध्ये एक हुन, उदयपुरका रसिक रुचाल

उदयपुरको त्रियुगा नगरपालिकाको बगाहमा जन्मिएका रसिक हाल युवाहरुको मनमुटुमा बस्न सफल रेडियो कार्यक्रम साथि सँग मनका कुरा मा छन् । सानै देखी रेडियोमा काम गर्ने सोख रहेका उनले उदयपुरका स्थानिय रेडियोहरु ‘रेडियो त्रियुगा, रेडियो उदयपुर लगायतमा काम गरिसकेका छन् । रुचालले साथि सँग कनका कुरा कार्यक्रम संचालन गर्न थालेको २ बर्ष बितिसकेको छ । तिनै प्रतिवाभान युवा रसिक रुचाल सँग हिमाल एफ.एम.का प्रस्तोता राकेश नेपालीले गर्नुभएको कुराकानीको सार यस्तो छ ।


हिजो आज के मा व्यस्त हुनुहुन्छ ?

हिजो आज रेडियो कार्यक्रम साथी सग मनका कुरामा ब्यस्त छु ।

यो ठाउँ सम्म कसरि पुग्नुभयो ?
रेडियो प्रतिको रुचि र कामले नै यो ठाऊमा पुगे ।

तपाई बाल्यकाललाई कसरी सम्झना गर्नुहुन्छ ?

पाए भने फेरी त्यो दिनमा जान चाहान्छु । खोला,जंगल, पाखा, पखेरा, भिर, गाई गोठालो जादा कत्ति डुलेका थियौ मलाई त्यो ठाऊ स्वर्ग लाग्थ्यो । घास काट्ने, चुङ्गी,छुर, डन्डीवियो,किला मारी चोर पुलिस कत्ति खेलेको थियौ, अनि गोठालो जादा फिलिमको सुटिङ गरेको अझै याद आउछ, त्यो त अब सपनाको संसार भयो । ति छुच्चा दिनहरु कहिले फर्केर आउने छैनन् । त्यो मेरो स्वर्ण युगा थियो ।

काम गर्दाको रमाईलो र अबिस्मरणिय पल छन् ?
काम गर्दाको रमाईलो साथी सग मनका कुराको टिम र ति पुराना दिनहरु सबै अबिस्मरणिय पल हुन ।

तपाईको खास उद्धेश्य र लक्ष्य के छ ?
संसार भरिका युवा सँग काम गर्ने ।

श्रोताको माया कत्तिको पाउनु भएको छ ?
श्रोताकाृ मायाले त काम गर्ने प्रत्साहान मिल्छ ।

पत्रकारीता र रेडियोकर्मिको जिवन कत्तिको सहज र चुनौतीपूर्ण छ ?

एक हिसाबले चुनौतिपूण र एक हिसाबले सहज दुबै छन् । प्रविधिले कोल्टे फेरे पछि धेरै प्रतिस्पर्धा बढेको छ ।

कार्यक्रमको तयारी कसरी गर्नुहुन्छ ?

टिममा छलफल गरेर ।

केटिहरु कत्तिको पछि लाग्छन् ?

यो उमेर नै यस्तै हो । अघि हिड्दा पछि हुन्छन् । पछि हिड्दा अघि ।

प्रेम के हो ?
नभै नहुने चिज हो । यसले मान्छे लाई धेरै माथि पनि पु¥याउछ र निकै तल पनि खसाउछ । तर पनि आवश्यक छ ।

गर्लफ्रेन्ड त छन् होला नी ।

म सबैको साथी हो । त्यसैले वोइफ्रेन्ड, गर्लफ्रेन्ड सबै छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?
स्वस्थ्य रहनुस व्यस्त रहनुस अनि मुस्कुराई रहनुस ।

Comments

comments

सम्बन्धित शीर्षकहरु