सातामा ४८ प्रतिशत बढ्यो सेयर कारोबार, सवा करोड कित्ता सेयर सूचिकृत

हिमाल एफ.एम फागुन १६ । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७० कम्पनीका ३६ लाख ५३ हजार कित्ता सेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा बिनबेच भएका छन । यो साताको कारोबार रकम गत साताको भन्दा ४८.०३ प्रतिशतले बढी हो ।
गत साता १ सय ६६ कम्पनीका २३ लाख ३ हजार कित्ता सेयर ९४ करोड ६ लाख ८७ हजार रुपैयाँमा किनबेच भएका थिए ।
नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.८ अंकले बढेेर अन्तिम दिन ९७९.२७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.५१ अंकले बढेेर २०७.४८ अंकमा आईपुगेको छ ।
dalar
यो साता कारोबार रकम (३२ करोड ५ लाख १० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (७ लाख ९२ हजार कित्ता) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या (६३६ वटा) को आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु