सहिद अर्जुन नारायण श्रेष्ठको शालिक अनावरण

माघ २४ गते
ताप्ली गाउँपालिकाको रुपाटार रामपुरमा निर्माण गरिएको सहिद अर्जुन नारायण श्रेष्ठ प्रचारको शालिक अनावरण गरिएको छ । माननीय सांसद शुरेशकुमार कुमार राई हिमालको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरि शालिकको अनावरण गरिएको हो ।

गाउँपालिकको १ लाख ५० हजार र जन श्रमदानमा निर्माण गरिएको शालिक राख्न सहिद श्रेष्ठका दाई होम बहादुर श्रेष्ठले १ आना जग्गामा उपलब्ध गराउनु भएको हो । ताप्ली गाउँपालिका खानीडाडाका श्रेष्ठले जनयुद्धको समयमा २०६१ साल बैशाख २६ गते गाइघाटको भान्टाबारीमा शाहदात प्राप्त गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद राईले सहिदहरुलाई सम्मान गर्दै उनीहरको सपना पुरा गर्न अहिलेको सरकार लागी परेको बताउनु भएको छ । साथै सांसद राईले देशमा संघीयता ल्याउन सहिदहरुले ठुलो योगदान गरेको बताउनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष उद्धबसिं थापाले श्रेष्ठको सम्मानमा गाउँपालिकाले सालिक निर्माण गर्न सहयोग गरेको बताउनु भएको छ ।

कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष फत्त बहादुर ज्यु ठकुरीको सभापतित्वमा सम्प्पन्न भएको हो । सोही कार्यक्रममा सहिद श्रेष्ठका बुवा आमा हस्त नारायण श्रेष्ठ र लिला कुमारी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको हाम्रा संवाददाता ठविन्द्र कुमार मगरले जानकारी दिनु भयो ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु