सहकारीबाट दुर्गमका महिलाहरु आत्मनिर्भर बन्दै

राधा ढुंगाना,
सोलुखुम्बु, ९ बैशाख,

सोलुखुम्बु सोतााङकी कल्पना बस्नेत सामान्य घर खर्चको लागी उनी आफ्नो श्रीमानसँगै हात थाप्ने गर्थिन । बस्नेत आफु आत्मनिर्भर बनेकोले अहिले श्रीमानसँग माग्नु नपर्ने बताउछिन् । कल्पनालाइ बजार जाँदा होस या कुनै कामको लागी श्रीमानसँग पैसा माग्नुपर्ने बाध्यता थियो । अहिले सहकारीबाट उनी ऋण लैजान्छीन अनि तरकारी व्यवसाय गर्छिन । बस्नेत जब सहकारीमा आबद्ध भईन त्यसपछि अहिले घर खर्चको लागी श्रीमानको मुख ताक्नु नपरेको बताउछिन् ।

Exif_JPEG_420

कल्पना बस्नेत जस्तै सोताङकी निरा बस्नेत पनि साना व्यवसाय गरेरै घर खर्चका लागी श्रीमानको भर पर्नु नपरेको बताउछीन् । ‘पहिले कतै जानु पर्दा श्रीमान सँग पैसा माग्थेँ अब त आफै कमाउछु उहाँको भर पर्नै पर्दैन’ बस्नेत भन्छीन ।

सहकारीको महत्व नै थाहा नपाएका सोलुखुम्बुका महिलाहरु अहिले सहकारीमा बचत गर्ने, ऋण लिई व्यवसाय सन्चालन गर्न सक्षम भएका छन्, लाली गुँरास महिला बचत तथा ऋण सहकारी संस्था सोताङकी अध्यक्ष द्धारीका बस्नेत भन्छीन, ‘सहकारी संस्थामा आबद्ध हुन हिच्कीचाउने महिलाहरु अहिले सक्रिय भई बचत गर्ने भएका छन् कतिपय महिलाहरु सहकारीको माध्यमबाटै आत्मनिर्भर बनेका छन्’ । सहकारीबाट महिलाहरु ऋण लगेर कुखुरा पालन, तरकारी खेती, बाख्रा पालन जस्ता आयमुलक क्षेत्रमा लागनी गर्न आकर्षित भएको पाइन्छ ।

सस्तो ब्याजदरमा ऋण प्रबाह, ब्यबसायबाट कमाएको आम्दानी बचतका लागि समेत सहकारीले सजिलो बनाएको छ । सहकारी खुलेपछि स–साना काममा पैसा आबश्यक पर्दा ऋण काढ्न जानु पर्ने बाध्यता हटेको भेडीखोर महिला तथा ऋण सहकारी संस्था सल्यानकी कोषाध्यक्ष सरस्वती काफ्ले बताउछिन् ।

चुलो चौकामै सिमित बनेको महिलाहरुको क्षमता अभिबृद्धीमा सहकारीको भुमिका उल्लेख्नीय रहेको जिल्ला सहकारी संघका अध्यक्ष डुफ कुमार बास्तोलाले बताए । पछिल्लो समय महिलाहरुमा बिद्यालय शिक्षा रहेकाले पनि सहकारी चलाउन उनीहरुलाइ समस्या नरहेको बास्तोलाले बताए ।

सहकारीहरुको विकास र समृद्धिका लागि महिला तथा बालबालीका कार्यलयले समेत सहयोग गर्दै आएको छ । सहकारी सन्चालन, व्यवस्थापकहरुको क्षमता विकास, सहकारी सन्चालनका उपाय, चुनौतीहरु लगायत विषयमा तालिमहरु प्रदान गर्ने गरिएको महिला तथा बालबालीका कार्यलयकी प्रमुख रस्मी श्रेष्ठले बताईन् । सहकारीमा आबद्ध भए पछि महिलाहरुमा ब्यक्तित्वको समेत बिकास भएको अन्तरपार्टी महिला संचाजकी अध्यक्ष सुर्यकुमारी सुनुवारले बताइन् ।

सहकारीले बिना धितो ऋण दिने गरेकाले पनि दुर्गम गाउँका बासिन्दालाई सजिलो भएको छ । जिल्लामा अहिले १९ वटा गाविसमा एक÷एक वटा सहकारी संचालनमा छन् । जिल्लाभरीमा ६ हजार भन्दा बढि महिलाहरु सहकारीमा आबद्ध छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु