सल्लेरी च्याल्सा विद्युत कम्पनीको बार्षिक नाफा ७० लाख भन्दा बढी

भनुभक्त निरौला । पौष १९– सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको सल्लेरी च्याल्सा बिद्युत कम्पनीले आर्थिक वर्ष २०६९÷७० मा ७० लाख ६१ हजार रुपियाँ खुद नाफा गरेको छ । शुक्रबार सदरमुकाम सल्लेरीमा भएको कम्पनीको वार्षिक साधारणसभामा संचालक समितिका अध्यक्ष आङदामी शेर्पाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा कम्पनीले जम्मा एक करोड ७४ लाख ३७ हजार रुपियाँ आम्दानी गरेको उल्लेख छ ।
अघिल्लो आर्थिक वर्षमा एक करोड ६० लाख ९४ हजार रुपियाँ आम्दानी गरेकोमा यस आर्थिक वर्षमा आठ प्रतिशतले वृद्धि गरेको कम्पनीले जनाएको छ ।  सोही अवसरमा कम्पनीले विभिन्न वित्तिय संस्थाहरुमा तीन करोड ८२ लाख ५ हजार लगानी गरेको अध्यक्ष आङदामी शेर्पाले बताउनुभयो । उहाँले हाल साँढे छ घण्टा भन्दा बढी समय लोडसेडिङको मार भोगीरहेका सल्लेरी तथा गार्माबासीहरुप्रति दुःख व्यक्त गर्दै दुईसय किलोवाट क्षमताको बिद्युत थप गर्नका लागि भइरहेको सिभिल कार्य अन्तिम चरणमा पुगेकाले चाँडै काम सम्पन्न गरी लोडसेडिङ मुक्त गर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी दिलिपकुमार चापागाईले राष्ट्रियस्तरको विद्युत सेवा भन्दा प्रभावकारी सृवा प्रदान गरेकोमा प्रशंसा गर्नु भयो । उहाँले आगामी दिनमा कम्पनीले विद्युत क्षमता थप गर्ने कार्य राम्रो भएको बताउनुभयो ।
सुनकोसी नदीको बेलीब्रिज जडान हुने वित्तिकै बिद्युत जडानका लागि हाल धनुषाको ढल्केबरस्थित बिद्युत प्राधिकरणको प्राङ्गणमा थन्कीरहेको आवश्यक टरवाईन, गेयरबक्स, गबर्नर, फ्लाई ह्वील, जेनेरेटर, ट्रान्सफर्मर, प्यानल बोर्डलगायतका करिब १५ टन सामान तुरुन्त आउने कम्पनीले जनाएको छ ।
स्वीस सरकारको सात करोड र सल्लेरी च्याल्सा विद्युत कम्पनीको तर्फबाट दुई करोड गरी कुल नौ करोडको लागतमा थप हुन लागेको दुईसय किलोवाट विद्युत उत्पादनका लागि स्वीस सरकारले मेशीन जडानलगायतको अधिकाँश प्राविधिक कार्य सहयोग गरेकोमा कम्पनीले आभार व्यक्त गरेको छ ।
हिम्दुल एण्ड थोकर कन्स्ट्रक्सन् नुवाकोटसँग १० महिनाभित्र कार्य सम्पन्न गर्नु पर्ने सम्झौता गरी काम अघि बढाएको थियो । सम्झौता अनुसार सन् २०१३ को मार्च महिनाभित्रै सोलुखुम्बु जिल्ला लोडसेडिङ मुक्त हुनु पर्नेमा वर्षायाममा पुलका कारण सामान ढुवानीमा समस्या भएपछि हालसम्म पनि चर्को लोडसेडिङ खेप्नु परेको सर्वसाधारणको गुनासो छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु