सल्लेरी अन्धकारमय

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, बैसाख २९
सोलुखुम्बुको सल्लेरी सहित आसपासका क्षेत्र आजबाट अन्धकार बनेका छन् । सल्लेरी सदरमुकाम सहित आसपासका क्षेत्रहरुमा विद्युत सेवा प्रदान गर्दै आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले मर्मत सम्भारका लागी आईतबार विहान ८ बजेबाट विद्युत सेवा बन्द गरेसगै सल्लेरी अन्धकारमय बनेको हो ।

कम्पनीले बार्षिक कार्यक्रम अन्र्तगत नियमित विद्युत मर्मत तथा सरसफाई गर्नुपर्ने भएकाले आज विहान ८ देखि जेठ ४ गते सम्म विद्युत सेवा बन्द गरेकोे कम्पनीका ओभरसियर कुल नारायण श्रेष्ठले जानकारी दिनुभयो । सल्लेरी सदरमुकाम सहित आसपासका क्षेत्रहरुका करिब १८ सय घरधुरीलाई विद्युत सेवा दिईरहेको कम्पनीले एक हप्ता भित्र सिभिल, ईलेक्ट्रोमेकानिकल लगायत सरसफाईको कार्य गर्ने च्याल्सा विद्यूत कम्पनिले जनाएको छ ।


हिमाल एफ.एम् सग कुरा गर्दे ओभरसियर कुल नारायण श्रेष्ठले विद्युतको पेनस्टक पाईप फुटेकाले करिब १२ मिटरको फाईप फेर्न, तार पोल वरिपरीका बोट विरुवा काटछाट, शाखा विस्तार, मेसिन मर्मत हुने बताउनुभयो । यद्यपी प्राविधिक कारण तथा मौसम प्रतिकुलताका कारण कार्य सम्पन्न गर्न केहि ढिलो वा चाँडो हुन सक्ने कम्पनीले जनाएको छ । विद्युत सेवा बन्द हुदा ग्राहक महानुभावहरुमा पर्न जाने असुविधि प्रति कम्पनीले क्षमा मागेको छ ।

कार्यलयका कामकाजमा समस्या

सल्लेरी च्याल्सा विद्युत कम्पनिको विद्युत बन्द हुदा कार्यलयिय काममा समस्या भएको छ । वार्षिक रुपमा सरसफईका लागि बन्द गरिदै आएको विद्युत यस वर्ष पनि गरिए पछि विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयका कामकाज प्रभावित बनेको हो । कतिपवय सरकारी कार्यलयमा जेनेरेटरको भरमा सञ्चालन गरिएको छ भने कतिपय कार्यलयहरु सोलारको भरमा रहेका छन् । जिल्ला प्रहरी कार्यलयको समपुण कामकाज नै ठप्प हुन गरि समस्या नभएको सञ्चार ईन्चार्ज विरेन्द्र कार्किले बताउनुभयो । सोलार ब्यक अप भएकाले नागरिकको सेवामा एक कदम पछाडि नपेर्न जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
यसैबीच हिमाल एफ.एम् पनि विहान ५ बजे देखि ११ बजे र दिउसो २ बजे देखि राति १० बजे सम्म मात्र सञ्चालन हुने भएको छ । च्याल्सा विद्युत कम्पनिको विद्युत अबरुद्ध भए सगै समय तालिका फेरबदल भएको हिमाल एफएंमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बताउनुभयो । जेनेरेटरबाट सञ्चालन गर्नु पर्ने भएकाले विहान ११ बजे देखि दिउसोको २ बजे सम्म रेडियो प्रसारण बन्द हुने निरौलाको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु