सल्लेरीमा शिशु जन्माएर फाल्ने युवती पक्राउ

राधा ढुंगाना
सोलुखुम्बु, १७ जेठ

सोलुखुम्बुको सल्लेरीमा अवैध सम्बन्धबाट शिशु जन्माएर फाल्ने एक युवतीलाई पक्राउ गरीएको छ ।

दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने१७ वर्षीया एक अविवाहित युवतीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

नयाँबजार नजिकै जंगलमा दिउँसो फोहोर फाल्ने स्थानमा ति युवतीले नवजात शिशुलाई जन्माई फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कक्षा ११ मा अध्ययन गर्ने राईलाई मंगलबार नै डेराबाटै पक्राउ गरीएको हो । पक्राउ परेकी युवतीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा आफू संलग्न रहेको स्वीकार गरेकी छिन् । घटनामा संलग्नको खोजी कार्य भईरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

यस अघि पनि डेड बर्ष पहिले सोही स्थान नजिकै नबवात शिशुको शब भेटिएको थियो । ०७२ मंसिर २७ र २८ गते दुइ वटा यस्तै शिशु भेटिएको थियो । त्यस घटनाका दोषी अहिले सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!